Take a fresh look at your lifestyle.
npa 9 suchana

चीन भ्रमणबारे राष्ट्रपतिपछि प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउने

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौं ,असार ११ ।   आफ्नो चीन भ्रमण र त्यसक्रममा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी दिने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै चीन भ्रमणबारे संसदलाई जानकारी गराउने भएका हुन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार प्रधानमन्त्री ओलीले दिउसो २ बजे संसदलाई सम्बोधन गर्ने समय तय भएको छ ।

गत असार ५ गते चीनगएर १० गते फर्केका प्रधानमन्त्री ओलीको भ्रमणका  क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत एक दर्जन बढी विषयमा सहमति भएको थियो ।

यसअघि गत साता प्रधानमन्त्री ओलीले चीन प्रस्थान गर्नु अघिल्लो दिन भ्रमणका एजेण्डा र उद्देश्यबारे संघीय संसदका दुवै सदनमालाई जानकारी गराएका थिए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने भएपनि प्रधानमन्त्री ओलीले भने २ बजेमात्रै सम्बोधन गर्नेछन् ।

सरकार प्रमुख विदेश भ्रमणमा जानुअघि र फर्केपछि संसदलाई जानकारी गराउने परम्परा छ ।

यसैवीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई आइतबारै जानकारी गराएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका उपलव्धिका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जनाएका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.