Take a fresh look at your lifestyle.
npa 9 suchana

अर्जेन्टिनी खेलाडीले भने : मेस्सी निराश तर उत्सुक

gadhimai nagar palika ko suchana
suchana gadhimai

कठमाडौं ,असार ११   ।  अर्जेन्टिनी टिमका डिफेन्डर जेभियर मास्चेरानोले कप्तान लियोनल मेस्सी निराश रहेको तर विश्वकप समूह चरणको अन्तिम खेलका लागि उत्सुक पनि रहेको बताएका छन् ।

गएका खेलमा भएको कमजोरी सच्याउँदै राम्रो नतिजा निकाल्न मेस्सी लागिपरेको उनले बताएका छन् ।

पहिलो दुई खेलबाट एक अंक मात्रै बनाएको अर्जेन्टिना समूह रचणको अन्तिम खेलमा मंगलबार राति पौने १२ बजे नाइजेरियाविरुद्ध खेल्दै छ ।
समूह ‘डी’ बाट क्रोएसियाले अन्तिम १६ मा स्थान बनाइसकेको छ भने अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड तीनै टिमको सम्भावना जिवितै छ ।

यमुनामाई गाउँ पालिकाको सुचना

आइसल्याण्डसँगको पहिलो खेलमा १-१ को बराबरी हुँदा बिगारेको पेनाल्टी अवसर र क्रोएसियासँगको ३-० को हारपछि प्रशिक्षक जर्ज साम्पाओली, अर्जेन्टिनी टिमसँगै मेस्सीको पनि धेरै नै आलोचना भएको थियो । त्यसले उनमा चिन्ता बढाएको थियो ।

सोमबार पत्रकार सम्मेलनमा मास्चेरानोले मेस्सी ठीक रहेको बताए । ‘मेस्सी ठीक छन् । समग्रमा भन्दा सोचेजसरी खेल अघि नबढ्दा हामी सबै नै चिन्तामा छौ‌ं । मेस्सी पनि त मान्छे नै हुन्, उनमा पनि निराशा आइहाल्छ । तर उनी यो अवस्था सुधार्न धेरै उत्सुक पनि छन् । लागिरहेका छन्’ मास्चेरानोले भने ।

आइतबार भने ३१ औं जन्मदिन मनाउँदा मेस्सीको अनुहारमा खुसी छाएको थियो । अभ्यासका क्रममा पनि उनले साथीहरुसँग रमाइलो गरिरहेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.