

,रौतहट ,१४भाद्र ।
प्रसपरोहा नगर पालिका नगर कार्यपालिकाको कार्यालय लौकाहाले गरिव ,असहायलाई ध्यानमा राख्दै करको दायरा भित्र परेका मध्येबाट आंशिक निशुल्क सेवा प्रदान गर्ने भएको छ । आ.व २०७५।०७६ मा भाद्र ३ गते देखि लागू हुने गरी सेवा तथा सिफारिस विवरणमा नागरिकता ,स्वास्थ्य उपचारको लागी ,नाम थर जन्म मिति संशोधन ,दुवै नाम भएको व्यतिm एउटै हो ,बाल पोषणका लागी ,विपन्न ,असहाय छात्रवृति ,अपाङगता ,अदालत दस्तुर मिन्हा ,हलो जुवा , सुकुम्वासी , द्धन्द्धपिडित , जनजाती मुस्लिम मधेशी सिफारिस निशुल्क गर्ने घोषणा गरिएको परोहा नगरपालिकाले जनाएको छ । यसै गरी जन्म दर्ता , मृत्यु दर्ता , विवाह दर्ता , बसाई सराई दर्ता ,सम्बन्ध विच्छेद दर्ता ३५ दिन भित्रमा गराए पछि निशुल्क गर्ने कार्यकारणी अधिकृत देवनाथ यादवले बताए । ३५ दिन पश्चात दर्ता गराउन आएको खण्डमा रु ५० शिुल्क लाग्ने यादवले बताए । अन्य करको हकमा राजश्व परामर्श समितिले निर्धारण गरेको आधारमा लागू हुने सुचना अधिकारी मोती रहमानले बताए । राजश्व परामर्श समिति उप मेयरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।