,रौतहट १४ भाद्र ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा सार्वजनिक गरेको तथ्याँकमा वर्सेनि मुद्धाको चाप बढदै गएको छ । आ.व ०७२।०७३ मा ३ सय २२ मुद्धा दर्ता भएकोमा २ सय ७९ फर्छ्योट ४३ वाँकी रहेको थियो भने आ.वं ०७३।०७४ मा ४ सय ४ मुद्धा दर्ता भएकोमा ३ सय १४ फर्छयोट ९० वाँकी रहेको थियो । आ.वं ०७४।०७५ मा ४ सय ९६ मुद्धा दर्ता भएकोमा ३ सय २९ फर्छयोट १ सय ६७ मुद्धा वाँकी रहेको जनाइएको छ । यसै गरी आ.व. २०७५।०७६ को साउन महिनामा ५४ वटा मुद्धा दर्ता भएको छ भने २० वटा फर्छ्योट ३४ वटा वाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा आयोजित चियापान समारोहमा आज विहीवार प्रहरी उपरिक्षक केदार ढकालले बताएका छन । ७४जना अभियुतm मध्ये ५० जना पक्राउ २४ जना फरार रहेको उनले बताए । लागू औषधमा १० जना पक्राउ परेका छन । कटहरिया नगर पालिका ९ वस्ने डुमरिया टोल बस्ने राम बालक राय यादव सहित १२ जना पुर्वपक्षका लागी कारागार चलन भएको छ । जेठ २८ गते राति १२ वर्षीय सनिदेवल भन्ने युवराज साहलाई अपहरण गरी गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेको थियो । इशनाथ नगर पालिका ९ बस्ने ६० वर्षीय दशरथ ठाकुर लोहारले साउन १६ गते ७ः३० वजेको समयमा आफनै बुहारी रिकु कुमारी भात पकाई राखेको अवस्थामा ठाकुरले छोरा बुहारी मार्ने मनसायले भातमा विषादी हाली ज्यान मार्ने उधोग गरेकोमा भदौ ११ गते पुर्व पक्षका लागी कारागार चलान भएको थियो । यमुना माई गाउँ पालिका ५ बस्ने जगिया देवीलाई १२ किलो ९ सय ग्राम गाँजा र १ किलो चरेस सहित पक्राउ गरेको थियो । फतुवा विजयपुर ६ बस्ने निरज कुमार जयसवाल पक्राउ परेको छ । साहु इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रोनिक्स पसल गरुडाबाट कम्प्युटर , एलइडी टिभी मोवाइल सहित ५ लाख ६३ हजार ५२ बराबरको सामग्री चोरी भएको सामग्री मध्ये पक्राउ परेको जनाइएको छ । सवारी साधन ,किराना सामग्री ,लताकपडा ,कस्मेटिक र खाद्धान्न गरी ३३ लाख ८० हजार ५७ बराबरको सामग्री पक्राउ गरी भन्सार पठाइएको उपरिक्षक ढकालले बताए । १७ थान मोटरसाइकल र चार पाङग्रे गाडी १ सहित एक जना मोटरसाइकल मालिक सहित भन्सार चलानको तयारी भइ रहेको उनले बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments