

,रौतहट १६ भाद्र ।
भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले गौर न.पा. ४ सडक खण्डबाट एक लाख नौ हजार एक सय बराबरको सामग्री पक्राउ गरेको छ । गौर न.पा. ४ बस्ने महेन्द्र सहनीको छोरा बर्ष २४ को सुखाडी सहनीले मुल्य उतm परिमाण बराबरको सामानहरु भारतीय नम्बर द्यच् घण् भ्ढज्ञठठ .को मोटरसाइकलमा बाँधी ल्याई रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो । मोटरसाइकल चालक समेतलाई पक्राउ गरि भन्सार चोरी पैठारी तर्फ आवश्यक कारबाईको लागि भन्सार कार्यालय पठाईएको प्रहरी संचार शाखाले जनाएको छ । निलो रंगको पल्सर मोटरसाइकल रु.८० हजार , सुती साडी १५ पिस रू.७ सात हजार ५सय ,अब्रेला साडी ११ पिस रु.११ हजार ,.पाईन्ट कपडा थान १ रु.५सय ,.रुबिया कपडा १ थान १२ मिटर रु.६ सय ,.पपलिन कपडा २ थान ५५ मिटर रु.५हजार ५सय ,दुपट्टा कपडा २ थान ४० मिटर रु.४ हजार मुल्य तोकी जिल्ला प्रहरी कार्यालय रौतहटले भन्सार पठाएको छ । यसै गरी गौर न.पा. २ बाट भारतबाट भन्सार छली चोरी निकासी गरि ल्याएका लता कपडा र मरिच वेवारिसे अवस्थामा फेला पारेको जिप्रका रौतहटले जनाएको छ । रु पाँच हजार सात सय पचास बराबरको लताकपडा, मरिच आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।