Take a fresh look at your lifestyle.
npa 9 suchana

राजदेवी नगर पालिकाको पोल बती जडान योजनामा व्यापक अनियमितता

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १५ भाद्र ।
राजदेवी नगरपालिकामा व्यापक अनियमितता भएको रहस्य खुल्न थालेका छन । गत आ.व.मा राजदेवी नगरपालिकाका जनप्रतिनीधिको मिलोमतोमा व्यापक अनियमितता भएको जनगुनासा दिन प्रतिदिन बढदै गएको छ । नगरपालिकाका ९ वटा वडामा बिजुली बति जडान गर्न निर्माण भएको उपभोक्ता समितीले ३३ लाख ९५ हजार रुपैयाको पोलबत्ती खरिद गरि जडान गर्ने योजनामा अनियमितता भएको रहस्य खुलेका छन । उपभोक्त समितिले खरिद गरेको दररेट भन्दा बजारको दररेटमा व्यापक अन्तर देखिएको छ । बतिजडान गरेको दुई महिना नबित्र्दै बतिहरु पडकिन थालेको छ । उपभोक्ता समितिले स्विच एलइडि लाइट ५सय २५ वटाको ४ हजार ७ सात ६० को दरले २४ लाख ९९ हजार रुपैया बराबरको खरिद गरेको जनाएको छ । तार ९० क्वाईल १ हजार ६ सय ५६ रुपैयाका दरले १ लाख ४९हजार ४०, स्विच ५सय २५ वटाको ३० रुपैयाको दरले १५हजार ७ सात ५० र पाइप ५सय २५ वटा ८सय २५ का दरले ४लाख ३३हजार १सय २५ गरी भ्याट सहित ३४ लाख ९९ हजार ५ सय १३ रुपैया ९५ पैसाको बिल पेस गरी काम बापतको भुक्तानी लिएको देखिएको छ । कार्यादेश प्राप्त गरेको उपभोक्ता समितिले स्टिमेट अनुसार जडान नगरी अनियमितता गरेको बताइएको छ । कार्यालय प्रमुख मनोज कुमार रजक कमिसनको जालमा परी भुक्तानी दिएको आरोप स्थानीयवासीले लगाएका छन् । श्रेष्ठ बिजुली पसल गौर रौतहटबाट खरिद गरिएको स्वीच एलइृडी लाईट, तार, स्विच, पाइप जस्ता उपकरण लगाएको दुई महिना नबित्दै जल्ने, फ्युज हुने क्रममा बृद्धि भएपछि सर्वत्र आलोचना र आक्रोशको विषय बनेको युवा नविन सिंहले बताए । जडान गरिएका स्विच, बल र अन्य सामग्री गुणस्तरहिन रहेकोले चेकजाच हुनुपर्ने माग गर्दै चेकजाँच नभए हामी जनता चुप लागेर नबस्ने सिंहले बताए । कार्यालय प्रमुख मनोज रजक सँंग सम्पर्क गर्दा मेयर उपमेयरको आदेशानुसार भुतmानी दिने गरेको बताए । मेरो कुनै संलग्नता नरहेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.