Take a fresh look at your lifestyle.
npa 9 suchana

मृत्यु दर्ता तथा जन्म दर्ता बदर गर्ने वडा स्तरिय निर्णय

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १९ भाद्र ।
गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका वडास्तरिया बैठकले परवतीया देवी गोसाईको मृत्यु दर्ता प्रमाण पत्र बदर गरेको छ । गरुडा नगर पालिका वडा न ९ रघुनाथपुरका हरिहर गोसाईको छोरा शंकर गोसाईले २०७५।१।१९ गतेका दिन वडा कार्यालयमा निवेदन दिइ आमा परवतीया देवी गोसाईको मृत्यु भएको भनी जिउदाँे आमाको मृत्यु दर्ता बनाएकोले बदर गरिएको हो । वडा सचिव वासुदेव चौधरीलाई झुक्याई मृत्यु दर्ता प्रमाण पत्र लिएकोले अध्धयन अनुसन्धानको क्रममा जिउदो परवतीया देवीलाई मरेको भनी निवेदन दिने शंकर गोसाइ माथि आवश्यक कारबाईको लागी जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको वडा अध्यक्ष राजेश कुमार सहनीले बताएका छन । यसै गरी रघुनाथपुर ९ का मेघु गोसाईले भारतको मोतिहारी जिल्ला छौडादानो ग्राम वस्ने अर्जुन गिरीको छोरा बेचन गोसाईलाई मेरो छोरा हो भनी लिएको जन्म दर्ता बदर गरेको छ । महिपत गोसाईको छोरा मेघु गोसाइृले आफनो छोरा नभए पनि बेचन गोसाईलाई छोरा भनी झुक्याई जन्म दर्ता प्रमाण पत्र लिएकोले बदर गरेको वडा कार्यालयले जनाएको छ । वडा सचिवलाई झुक्याई निवेदन दिने मेघु गोसाई माथि कारबाई गर्न जिल्ला प्रशासन कार्यालयमा पठाएको वडा अध्यक्ष सहनीले बताए । मेरो कुनै सलग्नता नरहेको वडा अध्यक्ष सहनीले दावी गरेका छन । वडा सचिव चौधरीसँग सम्पर्क गर्दा आफुलाई थाहा नभएकोले निवेदनको आधारमा बनाएको बताए । गरुडा नगर पालिकाका पुर्व प्रशासकीय अधिकृत उदय देव कोटासँग सम्पर्क गर्दा वडा सचिवले गल्ती गरेकोले आइन्दा गल्ती नगर्ने शर्तमा छुटकारा पाएको बताए । एकै मुद्धामा दोहरो पटक सजाय नहुने उनले जिकिर गरेका छन । जिल्ला प्रशासन कार्यालय रौतहटका मुद्धा शाखाका नायव सुब्वा वेनी पटेलसँग सम्पर्क गर्दा मुद्धा दर्ता भई अनुसन्धान प्रक्रिया अगाडी बढी रहेको बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.