Take a fresh look at your lifestyle.
npa 9 suchana

निष्पक्ष स्वतन्त्र पत्रकारिता माथि विश्वास राख्ने मन्त्री सोनल

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २३ भाद्र ।
प्रदेश न २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले पत्रकारिता माथि लगाउने अकुशलाई मान्न तयार नरहेको बताएका छन । मधेश पत्रकार महासंघ केन्द्रिय कार्यालयद्धारा आयोजित प्रादेशिक पत्रकारिता र सरोकारवाल वीचको अन्तरकृयालाई सम्बोधन गर्दै उनले आफू सत्य तथ्य, निष्पक्ष स्वतन्त्र पत्रकारिता माथि विश्वास राख्ने बताए । लोकतन्त्र र गणतन्त्र पक्षधरले कहिल्यै पनि पत्रकारितालाई कुण्ठित पार्न सकिदैन उनले भने । विदेश र देशमा भएको पत्रकारिता माथिको दमन सफल नभएकोले स्वतन्त्र पत्रकारितालाई प्रोत्साहन गर्न उनले आग्रह गरेका थिए । सविधानलाई आंशिक रुपमा स्वीकार गरेको बताउदै परिमार्जन नगरे सम्म आफनो सर्घष जारी रहने बताए । भारत र नेपालको सिमाना बन्द गर्ने छलफल चली रहेको विशेष सुचनाद्धारा जानकारी भएको उनले बताएका थिए । भारत र नेपालको सम्बन्ध सदियौ देखि चलि आइ रहेकोले कसैले चाहेर पनि बन्द गर्न नसक्ने बताए । सिमना बन्दको विरोद्धमा मधेशको ५४ लाख जनताको अवाज रहेको मन्त्री सोनलले दावी गरेका थिए । मधेश पत्रकार महासंघ केन्द्रिय अध्यक्ष वृज किशोर यादवको अध्यक्षयतामा भौतिक योजना राज्य मन्त्री डिम्पल झा , प्रदेश सभा सदस्य बाबु लाल शाह , प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल , प्रहरी उपरिक्षक केदार ढकाल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.