,रौतहट २६ भदौ ।
पुर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगतले डुङगा दुर्घटनामा परेका परिवारजनलाई उचित क्षतिपुर्ति तथा दोषीलाई कारबाई गर्न माग गरेका छन । मगलबार पुर्व उर्जा राज्य मन्त्री भगतले डुङगा दुर्घटनामा परेका परिवारजनसँग छलफलको क्रममा उतm माग गरेको बताए । पप्पु कन्ट्रक्शनका प्रोपाइटरले समयमा पुल निर्माण नगरेकोले डुङगा दुर्घटना भएको दावी पुर्व राज्य मन्त्री भगतले ठोकुवा सो अवसरमा गरे । लाल बकैया नदीमा पुल निर्माण कछुवाको तालमा गर्दै आएको उनले आरोप लगाए । पुल निर्माणको समय अवधी समाप्त भए पनि पुल निर्माण नगराएको उनले भने । पुलको पिलर नदीको बिच भागमा रहेकोले ठोक्कर खाएर डुङगा दुर्घटना भएको बताए । आफुले जनताको पिडालाई ध्यानमा राखेर कारबाईको माग गर्दै आएको मन्त्री भगतले बताए । पुल निर्माणको क्रममा खनेको खाल्टोमा डुवेर एक जनाको मृत्यु पहिला पनि भएको स्मरण उनले गराएका थिए । शहिदलाई १० लाख रुपैयाँ दिदै आएकोले डुङगा दुर्घटना परिवारजनलाई पनि १० लाख दिनु पर्ने धारणा राखेका थिए । हाल सम्ममा २ लाख २५ हजार प्रदेश सरकार , गौर नगर पालिकाले १ लाख १५ हजार , भौतिक योजना राज्य मन्त्री डिम्पल झाबाट २५ हजार र जिल्ला प्रशासन कार्यालय गौरबाट १ लाख घोषणा प्रति पिडित परिवारजनलाई गरेकोले अव ५ लाख ५० पप्पु कन्ट्रक्शनबाट राहत दिनु पर्ने माग उनले गरेको बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments