Take a fresh look at your lifestyle.
npa 9 suchana

वहुयामिक शिक्षाले बाल बालिकालाई प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ८ कार्तिक ।
शिक्षा मन्त्री गिरीराज पोखरेलले मिश्रित मोडलको शिक्षा निति बनाउन लागेको बताएका छन । जमीअत उलमाए नेपालको आयोजनामा आँल नेपाल शैक्षिक जागरण सम्मेलनलाई सम्बोधन गर्दै उनले धार्मिक शिक्षा र समुदाय शिक्षाले बाल बालिकको भविष्य सकुचित हुने बताए । बाल बालिकाको जिम्मेवारी सरकारको हो बताउदै उनले वहुयामिक शिक्षाले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिस्पर्धामा ल्याउन सरकार तत्पर रहेको बताएका छन । संघिय शिक्षा निति बनाउन केन्द्रिय सरकार पाठयक्रमको चयन प्रति छलफल भइ रहेको बताएका थिए । मदरसालाई थप व्यवस्थित बनाउन उनले अवधारणाहरु माग गरेका थिए । बाल बालिकालाई विद्यालय ल्याउन सरकार प्रयासरत रहेको बताए । शिक्षाको दृष्टिकोण परिवर्तन गर्न १० बुन्दे माग अगाडी सारेको उनले जानकारी गराएका थिए । जिवन उपयोगी शिक्षा दिलाउन आजको आवश्यकता रहेको बताए । सोही अवसरमा प्रदेश न २ का मुख्य मन्त्री लाल बाबु गदी राउतले मुस्लिम समुदायलाई शिक्षा दिन राज्य विभेद गरेको बताए । मुस्लिम समुदायको पहिचान मेटाउन वर्तमान सरकारले लागे पनि प्रदेश न २ को सरकारले इद बकरिदको विदा दिएर मुस्लिम समुदायको पहिचानलाई संरक्षण गरेको बताए । मुस्लिम समुदायका अभिभावकले स्वय बाल बालिकालाई शिक्षामा उत्तपेरित नगरेको आरोप उनले लगाएका थिए । सानै उमेर देखि रोजगारीका लागी विभिन्न कम्पनीहरु पठाउने काम छाडेर आजैका मिति देखि शिक्षामा लगाउन उनले आग्रह गरे । विभिन्न तह तप्कामा आरक्षणको व्यवस्था प्रदेश सरकारले शुरु गर्ने बताउदै उनले आरक्षणमा दावी गर्ने काबिल बनाउन उनले प्रेरणा दिएका थिए । जमीअत उलमाए नेपालको अध्यक्ष अब्दुल सिद्धिकीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश न २ का अध्यक्ष प्रभु साह , क्षेत्र न १ का साँसद अनिल कुमार झा , क्षेत्र न २ का साँसद मोहम्द आफताम आलम , मन्त्री जितेन्द्र सोनल , कृषि राज्य मन्त्री योगेन्द्र यादव , विधायक फुल बाबु बाबु लाल साह , शेख रसिद अली , राम किशोर यादव , लगायतका वतmाहरुले जागरण सम्मेलनलाई स्वागत तथा धन्यवाद दिदै आ आफनो मन्तव्य राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.