

,रौतहट ३० कार्तिक ।
जिल्लाका सब भन्दा पुरानो गौर नगरपालिकाको पुर्व मेयर गौरीशंंकर प्रसाद यादवको निधन भएको छ । पूर्व नगर प्रमुख गौरीशंकर प्रसाद यादवको उपचारको क्रममा भारतको नयाँदिल्लीमा विहिवार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ ।
विकास प्रेमी तथा शिक्षा प्रेमी पुर्व मेयर यादवको निधनका खवरले गौरवासी स्तब्ध र अत्यन्त मर्माहत भएका छन् । मेयर यादवले आफनो कार्यकालमा बस पार्कको जग्गा खरिद ,गौरी शंकर यादव क्याम्पसको स्थापना , गौर बजारको जग्गा खरिद र व्यवस्थापन र नगर पालिकाको भवन निर्माण गरी नाम कमाएका हुन ।
गौर नगरपालिकाले पुर्व मेयर यादवको निधन प्रति शोक प्रकट गर्दै, सम्मान स्वरुप आज शुक्रवार एक दिन नगरपालिका भित्रका सवै कार्यालयहरुमा विदा दिने निणर्य गरीएको गौर नगरपालिकाले जनाएको छ ।