

,रौतहट १५मंसिर ।
जिल्लाको सब भन्दा पुरानो नगरपालिका गौरलाई शनिवार एक समारोह विच खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेको छ । जिल्लाको पहिलो नगर गौरलाई शनिवार १४ औ स्थानमा खुल्ला दिशा मुक्त नगरपालिकाको रुपमा घोषणा गरीएको छ । गौर नगरपालिका प्रङ्गनमा शनिवार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरीएको हो । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा कार्यक्रम नगर प्रमुख अजय गुप्ताको अध्यक्षतामा प्रतिनिधि सभा सदस्य एवं पुर्व मन्त्री अनिल कुमार झाले खुल्ला दिशा मुतm घोषणा र प्रतिवद्धता पत्र अनूरुप एक घर एक चर्पी निर्माण भएकोले खुल्ला दिशा मुतm क्षेत्र घोषणा गरेका हुन । सोही अवसरमा पुर्व मन्त्री झाले खुल्ला दिशा मुक्त घोषणा पछि पनि सरसफाई कार्यक्रमको पूर्णता दिनुपर्ने बताए । सत प्रतिशत कुनै पनि कार्य सम्ंभव नभएकोले भएका कमी कमजोरीलाइ आत्म साथ गर्दै अगाडी बढ्दै जानू पर्ने घारणा उनले राखेका थिए । झुन्खुन्वा क्षेत्रलाई औधोगीक क्षेत्र बनाउनमा सवैले अवाज उठाउनु पर्ने पुर्व मन्त्री झाले बताए । गौर नरपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमको प्रमुख आतिथ्यको रुपमा बोल्दै पुर्व मन्त्री झाले झून्खुनवाको औधोगीक क्षेत्रलाई चन्द्रपुरमा सार्ने खेल भैरहेको उनले बताए । झुन्खुन्वाको विकासको यस क्षेत्रको अधारको रुपमा रहेको उनले बताएका थिए । यस क्षेत्रको विकासका लागी आम जनताले अवाज उठाउनु पर्ने धारणा राखेका थिए । । सो कार्यक्रममा भुमी व्यवस्था तथा कृषी सहरकारी राज्य मन्त्री योगेन्द्र यादब, भौतिक पुर्वाधार विकास राज्य मन्त्री डा. डिम्पल झा , जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकबाल यादब, रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, जिल्ला समन्वय समिति रौतहटका उप सभापति राम आशिष यादव, गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर, उधोग बाणिज्य संघ रौतहटका पण्डित जैसवाल , निवार्चित जनप्रतिनिधिहरुले आ आफनो शुभकामना व्यतm गरेका थिए । युनिसेफ, ग्रामिण विकास केन्द्र नेपाल, मिसन साक्षर लगायतका संघ संस्थाहरुको सहकार्यमा खुल्ला दिशा मुतm क्षेत्र घोषणा गर्न सफल भएका छन । घोषणा कार्यक्रममा गौर नगरपालिकाका सरसफाई कर्मी , नगरपालिका कर्मचारी, संचारकर्मी, संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।