

,रौतहट २९ मसिर ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश न २ का अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले बागमति बकैयामा पक्की बाँध निर्माण नभए सम्म रौतहट जिल्लाको कायापलट नहुने बताएका छन । विश्वपालन कर्ता विष्णु भगवानको मन्दिर निर्माणको शिलान्यास गरी स्वणामाईको स्थलमा सभालाई शनिवार दिउसौ सम्बोधन गर्दै उतm कुरा बताएका हुन । राणा शासनको विरुद्धमा विगुल फुकने रौतहटवासीले रौतहटको उत्थानका लागी विगुल फुकने कि नफुकने चुनौती रहेको उनले बताए । मानव सुचाँक , शिक्षामा पछाडी परेकोले अगाडी बढन सवैको सहयोग अपरिहार्य रहेको मन्त्री साहले बताएका थिए । विष्णु मन्दिरको निर्माण सँगै पर्टयकीय स्थल निर्माणका लागी अगाडी बढन उनले आग्रह गरेका थिए । समतल भुभागमा वसोवास गर्ने वासिन्दाले उचाई चढन मन पराउछन भन्ने पहाडमा बस्ने वासिन्दाले समतल हेर्न मन पराउने मानव प्रवृति रहेकोले गौरमा एृउटा ठुल्लो लेन्स भएको स्तम्भ बनाई आकर्षणको केन्द्र स्थापति गर्न उनले जोड दिएका थिए । गौर चन्द्रपुर सडकलाई फोर लेनको सडक निर्माण अव हुने निश्चित भएको बताए । गौर समनपुर सडक लगायत जिल्लाका विभिन्न नाकाका सडक विस्तार गरी भारतको बैरगनीयालाई वाइवासको सडक जोडी अन्तर राष्ट्रिय व्यपार मार्ग बनाउन पहल भइ रहेको अध्यक्ष शाहले बताए । मालपोत कार्यालय ,नापी शाखा , जिल्ला प्रशासन कार्यालयको इकाई कार्यालयहरु गौर सदरमुकामबाट जिल्लाका मौलापुर , गरुडा र चन्द्रपुरमा स्थापित भई जिल्ला विकास समितिको विकास वजेटहरु स्थानीय निकायमा गएकोले सदरमुकाम सुख्खा भएकोले पुर्न ताजगी ल्याउन जरुरी रहेको उनले बताए । सदरमुकाम गौर जिल्लाको मुटु रहेकोले गौरको विकास नभए सम्म जिल्लाको विकास सम्भव नरहेको उनको भनाई रहेको थियो । आफु शहरी विकास मन्त्री भएको वेला गौर नगर पालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप एक सय पचास करोडको वजेट विनियोजन गराएको उनले बताए । सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी प्रदेश न २ का सदस्य अब्दुल कलाम अजाद , शम्भु शाह , मेयर अजय कुमार गुप्ता उप मेयर किरण ठाकुर , प्रदेश सभा सदस्य कुन्दन कुशवाहा , पुर्व उर्जा राज्य मन्त्री सत्य नारायण भगत लगायतका वतmाहरुले मन्दिर निर्माणका लागी आफुहरु सहयोग गर्ने प्रतिवद्धता प्रकट गर्दै मन्त्री प्रभु शाहले गरेको विकास प्रति चर्चा गरेका थिए । सोही अवसरमा आयोजक समितिद्धारा नेपाल कम्युनिष्ट पार्टी प्रदेश न २ का अध्यक्ष शाहलाई एक सय पाँच किलोको फुलको माला लगाई सम्मान गरेका थिए । प्रदेश न २ का सदस्य शम्भु शाहले पुर्व मन्त्री शाहलाई दोशाला ओढाई सम्मान गरिएको थियो । विभिन्न संचारकर्मीहरुलाई पुर्व मन्त्री शाहद्धारा सम्मान गरिएको थियो । वडा न ४ का वडा अध्यक्ष भुनेश्वर शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।