

, रौतहट २८ मसिर ।
जल स्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले नारायणी सिचाई र गण्डक सिचाईको मर्मत सम्भार छिटै हुने बताएका छन । बकैया र वागमति मजबुत बाँध निर्माण तथा उर्जा र सिचाई विकासको लागी जनसभा २०७५ लाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताउदै २०२२ सालमा स्थापित नहर २०३२ सालमा हस्तान्त्ररण भएको नहरमा पानी नआएकोले आश्चर्य लागेको बताए । नहरको निरिक्षण गर्दा ३७ ठाउँमा मर्मत गर्नु पर्ने आवश्यकता रहेकोले अव छिटै मर्मतका कार्य थालनी गर्ने उनले बताए । नहरमा पानी नआएकोले किसानहरुले भोगेको पिडालाई आत्मसाथ गर्दै अगाढी बढने बताए । रौतहट आउदाँ कटहरिया नगर पालिकाले एक सय पाँच किलोको माला तथा विभिन्न क्षेत्रमा निरिक्षण गर्ने क्रममा किसानले लगाइ दिएको माला करिव चार सय किलो जतिको भारी बोकाइ दिएकोले सो को मुल्य चुकाउन आफु तत्पर रहेको बताए । नारायणी नहर, बकैंया बाध, पतौरा शव स्टेसन तथा मौलापुरमा विधुत शाखाको निरीक्षण गरेर मन्त्री पुन कटहरीया बजारको जनसभामा सहभागी भएका थिए । मन्त्रालायको कागजी प्रतिवेदनमा नारायणी सिंचाइ आयोजनाको नहरले रौतहका किसानलाई सिंचाइको सुविधा पुर्याएको भने पनि रौतहटमा रहेको सो नहरमा वर्षौदेखि एक थोपा पानी समेत नआएको देख्दा आफूलाई दुःख लागेको उनले बताएकान थिए ।सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश न २ का इन्चार्य सत्यनारायण मण्डल , प्रदेश न २ का अध्यक्ष प्रभु साहले रौतहटका किसानले भोगेका पिडा वारेमा मन्त्री पुनलाई जानकारी गराइएको थियो । सो समारोहमा रौतहटका पिडित किसान हरु पनि सहभागी हेका थिए ।