Take a fresh look at your lifestyle.
npa 9 suchana

मरणको पछाडी स्मरण गराउने कृति गरौ — मन्त्री झा

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट ३ पुष ।
प्रदेश न २ का भौतिक तथा पुर्वाधार मन्त्री डा डिम्पल झाले संसारमा जन्म लिएका सम्पुर्ण मानवको मृत्यु निश्चित रहेकोले स्मरणको लागी काम गर्न आग्रह गरेकी छिन । ब्रहमकुमारी राजयोग सेवा केन्द्र गौरद्धारा आयोजित वैष्विक जागृति जिवनमा सुख शान्ति विषयक प्रवचन कार्यक्रममा उनले प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मरणको पछाडी नाम स्मरण गराउने कृतिले नै हो उनले भने । अध्यात्मक ज्ञानले जिवनलाई सकारात्मक उर्जा प्राप्त हुने बताए । सोही क्रममा प्रदेश न २ की मन्त्री झाले राजयोगी दादी र प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई स्वागत गर्दै उनले प्रजिअलाई निर्देशन समेत दिएका थिए । जिल्लाको अमनचैयन शान्तिको लागी पहल गर्न जिम्मेवारी राम्रोसँग निर्वाह गर्न निर्देशन थिए । सोही अवसरमा प्रजिअ पौडेलले देशको चार जिल्लामा बस्दा एक राउण्ड गोली चलाउन नपरेको स्मरण गराउदै उनले रौतहटमा आएको १५ दिन मै १५ राउण्ड गोली चलाउन परेको बताए । रौतहट जिल्ला शिक्षाको स्थानमा ७७ जिल्ला मध्ये ७६ औ स्थानमा रहेको बताए । शिक्षाको स्तर नउठे सम्म रौतहटको जिवन शैली परिवर्तन नहुने बताए । आफु सेवक भएर आएको छु बताउदै उनले शासक नबनाउन उनले रौतहटवासी सँग आग्रह गरेका थिए । ब्रहम कुमारी राजयोग सेवा केन्द्रले सदाचार तथा जिवन शैली राम्रो बनाउन कार्यक्रम गर्दै आएको बताए । अध्यात्मक ज्ञानले मानिसलाई सरल ,इष्र्या दोष , लोभ मोहबाट मुतmा गराउन साधन रहेको प्रजिअ पौडेलले बताएका थिए । ब्रहम कुमारी राजयोगका दादीको अध्यक्षतामा गोर नगर पालिका उप मेयर किरण ठाकुर , यमुना माई गाउँ पालिका मेयर श्रीप्रकाश मुखिया , उप मेयर गिता देवी, संचारकर्मी लगायतका सहभागितामा ब्रहम कुमारी सेवा केन्द्रका सदस्य गण , वडा अध्यक्ष हरु उपस्थित रहेका थिए । सेवा केन्द्रका गुणराज भाइले कार्यक्रम संचालन गरेको थियो भने दादीले अध्यात्मक ज्ञानको वारेमा प्रवचन दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.