

रौतहट ७ पुष ।
यमुना माई गाउँ पालिकाको सरुअठा टोलमा समुदायमा आधारित नवजात शिशु तथा बाल रोग एकिकृत व्यवस्थापन सम्बन्धि तीन दिने कार्यक्रम शनिवार देखि शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य शाखाका सह संयोजक रामाशंकर गुप्ताको सहकार्यमा जनस्वास्थ्य अधिकृत नागेश्वर प्रसाद जयसवाल , खोप सुपर भाइजर राम अधार यादव ,स्वास्थ्य चौकी इन्चार्य डा सुधिर कुमार सिह , महिला स्वास्थ्य स्यमसेविकाहरु सहभागी रहेका थिए ।