, रौतहट १२ पुष ।
आ.व २०७५।०७६ को विकास कार्यहरुको भुतmानी भएका योजनाको अनुगमन टोली परिचालन गर्न गरुडा नगरपालिकाका उप मेयर रंगिला कुमारी जयसवालले माग गरेका छन । गरुडा नगरपालिकामा विहिवार पत्रकार सम्मेलन गरी योजनाहरुको सक्कल फाईल झिकाई पत्रकार ,नागरिक समाज ,वडा अध्यक्ष नगरपालिकाको अनुगमन समिति सम्मलित टोलीबाट अनुगमन गर्न माग गरेका हुन । अनुमगन कार्य तीन दिन भित्रमा नगरेमा नगरपालिका कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पार्ने उपमेयर जयसवालले बताएकी छन । योजनाहरुको अनुगमन नै नगरी योजनाहरुको भुतmानी गलत मनसायले गरेको उनले आरोप लगाएकी छिन । सोही अवसरमा उनले उपमेयर ,वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरुलाई कुनै किसिमको सुचना नै नदिई गोप्य रुपमा आफु खुशी कामकाज गराएकोले घोर भत्सर्ना गर्दै पारदर्शी गर्न आहवान गरेको हो । आ.व. २०७४ ।०७५ को वडा न १ र ६ मा संघिय सरकारबाट प्राप्त बजेटबाट निर्माण गर्नु पर्ने ३ वटा पुलको काम नभए पनि ९० लाख भुतmानी भएकोले छानवीन गर्न पत्रकार सम्मेलन मार्फत नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध उनले गरेका हुन । नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आए पछि परिवार तथा नाता गोतामा पर्नेहरुलाई कानुन विपरित विभिन्न पदमा नियुतmी गरेको आरोप उनले लगाइकी छन । जिन्सी शाखामा खरिद गरिएको सर समानहरुको कुनै लेखा जोखा नरहेकोले सत्य तथ्य छानवीन गर्न आग्रह गरेका हुन । भाडामा गाडी प्रयोग नगरी प्रति महिना लाखौ रुपैयाँको दरले गाडस् भाडामा निकाशा भइ रहेको कुरा उनले जनाकारी गराएकी छन ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments