

, रौतहट १२ पुष ।
रौतहट उधोग वाणिज्य सँघले अनिश्चितकालीनका लागी बजार बन्द गर्ने घोषणा गरेका छन । रौतहट उधोग वाणिज्य सँघका अध्यक्ष पडित प्रसाद जयसवालको सक्रियतामा विभिन्न माग राख्दै अनिश्चितकालीन बजार बन्दको घोषणा गरेको हो । पान भ्याटमा दर्ता रहेको फर्मले नेपाल भरी स्वतन्त्र रुपले व्यापार गर्ने प्रावधान रहेकोमा कायम गर्नु पर्ने ,वर्षेपिछे कर तिरेको विशुद्ध व्यापारी लाई दःुख दिने कार्य अविलम्ब बन्द गर्नु पर्ने , बिल विजक हुदाँ पनि बल जबरजस्ती माल समान समाती धम्कयाउने कार्य गरेको प्रहरीलाई अबिलम्ब कार्यवाहीको दायरामा ल्याउनु पर्ने ,निशर्त रुपमा गाडी सहितको माल समान फिर्ता गर्नु पर्ने ,व्यवसयीक वातावरण बनाउन दुवै पक्षबाट लिखित सम्झौता हुनु पर्ने माग सहित विहीवार गौर बजार बन्द गरेका छन । गौर नगरपालिका वडा न ५ मा रहेको फर्म पुष्पा टे«डसबाट खाद्धान्न समाग्री खरिद गरी इशनाथ नगरपालिका वडा न ४ मठियामा दर्ता रहेको फर्म नबल स्टोर्सले लैजाने क्रममा औरैया प्रहरी चौकी अगाडी प्रहरीले माल समान सहितको टे«क्टर समाती व्यापारीलाई दुःख दिनुका साथै व्यापार गर्ने वातावरणमा असर पर्ने भएकोले बजार बन्द गराइएको सँघका अध्यक्ष जयसवालले बताएका छन ।