Take a fresh look at your lifestyle.
npa 9 suchana

रौतहट जिल्ला लाई खुल्ला दिशा मुतm क्षेत्र घोषणा गर्दै ,समाज रुपान्तरण नभए सम्म प्रदेशको विकास सम्भव नरहेको मुख्य मन्त्री गदी

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट १४ पुष ।
प्रदेश न २ का मुख्य मन्त्री लालबाबु राउत गदीले समाज रुपान्तरण नभए सम्म प्रदेशको विकास सम्भव नरहेको बताएका छन । रौतहट जिल्लालाई खुल्ला दिशा मुतm क्षेत्रको घोषणा तथा उदघाटन गर्दै उतm कुरा बताउदै उनले सोचमा परिवर्तन गराउन प्रदेश सरकारले कदम अगाडी बढाइ रहेको बताए । खुल्ला दिशा मुतm क्षेत्र घोषणा भए पनि मानसिकतामा परिवर्तन नभए सम्म खुल्ला दिशा मुतm गराउनको उदेश्य पुरा नहुने बताए । खुल्ला दिशा मुतm क्षेत्र बनाउनमा अहो रात्र खटिने सम्पुर्ण पदाधिकारीहरुलाई उनले धन्यवाद तथा बधाई शुभकामना दिदै सफा र स्वच्छ बातावरण भए समृद्धि तथा विकासको बाटो उन्मुख हुने बताएका थिए ।गौर राइस मिल्लको जग्गालाई अधिग्रहण गर्न हर सम्भव प्रयासहरु गर्ने मुख्य मन्त्री गदीले सोही मन्चबाट प्रतिवद्धता व्यतm गरेका थिए । सडक ,पुल ,भवन निर्माण गरेर समाजको विकास प्रयाप्त नरहेकोले समाजका रुपान्तरणको लागी प्रदेश सरकारले बेटी बचाउन बेटी पढाउ , विमा कार्यक्रम , महिला शशतिmकरण , दलित शशतिmकरण ,मदरसा बोर्ड गठन जस्ता कार्यक्रम प्रदेश सरकारले शुरु गरी रहेको मुख्य मन्त्री गदीले बताए । महिला हक अधिकारका लागी प्रदेश न २ को ८ गाउँ पालिकामा छोरी जन्म हुने वितिकै विमा गर्ने बताए । आठ गाउँ पालिका मध्ये रौतहटका यमुना माई गाउँ पालिकालाई पहिलो चरणमा छनौट गरेको उनले बताए । यमुना माई गाउँ पालिकामा जनम लिने छोरीलाई यही माघ महिना देखि प्रदेश सरकारले विमा गर्ने बताए । २० वर्षको उमेर हुदाँ छोरीको खातामा एक लाख भन्दा बढी रकम जम्मा हुने उनले बताए ।यसै गरी प्रहरी ऐन ,लोक सेवा ऐन पारित गरी महिला लगायत सख्याको अधारमा आरक्षरण दिने उनले बताएका थिए । जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकवाल राय यादवको अध्यक्षतामा विभिन्न सघ संस्था लगायत गैर सरकारी ,सरकारी कार्यालयका प्रमुखलाई सम्मान तथा कदर पत्र प्रदान गरेको थियो । सो अवसरमा भौतिक पुर्वाधार राज्य मनत्री डिम्पल झा , कृषि राज्य मन्त्री योगेन्द्र यादव , प्रदेश सभासद बाबु लाल शाह , राम किशोर यादव लगायत का वतmाहरुले शुभकामना व्यतm गरेका थिए भन्ो गौर नगरपालिका मेयर अजय गुप्ताले स्वागत मन्तव्य राखेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.