,रौतहट १५ गते पुष ।
प्रदेशको राजधानी तथा नाम सम्बँन्धमा सुझाव संकलन कार्यक्रम आइतवार गौरको सियाप्लेस होटलमा सम्पन्न भएको छ । संवाद तथा सुझाव आयोग प्रदेश न २ जनकपुरधाम धनुषाको आयोजनामा संवाद तथा सुझाव आयोगका सदस्य राम प्रवेश वैठाले स्वागत तथा कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । संवाद तथा सुझाव आयोगका सदस्य मोहन लाल चौधरीले कार्यक्रमको उदेश्य र विषयबस्तु माथि प्रकाश पारेका थिए । सो कार्यक्रममा भौतिक तथा पुर्वाधार मन्त्री डा डिम्पल झाले प्रद्ेशको राजधानी जनकपुर उपयुतm रहेको बताएका थिए । धार्मिक नगरी तथा जगत जननीको जन्म स्थानले विश्व भरी प्रख्यात रहेकोले अर्को उपयुतm स्थान नरहेको बताए । मन्त्री झाले कटाक्ष व्यतm गर्दै जनकपुरलाई राजधानी आपती भए मेरो गाउँ मत्सरीलाई राजधानी हुनु पर्ने धारणा राखेका थिए । प्रदेशको नामाकरणको सवालमा उनले मधेश मुद्धालाई जिवित राख्ने गजेन्द्र नारायण सिहको अहम देन रहेको बताउदै मधेश नामलाई सम्बोधित भए गजेन्द्र नारायण सिहको सपना सकार हुने बताएका थिए । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश न २ का सदस्य मोहमद कलाम अजाद , सघिय फोरम नेपालका रेवन्त झा , राजपाका अनिल सिह , गौर नगर पालिकाका प्रवतmा शेष जमसैद , देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेल , राजदेवी नगरपालिकाका उपमेयर अशु सिह ,सघिय समाजवादी फोरम नेपालका जिल्ला सह संयोजक श्याम विहारी यादव , शोभा देवी शाह , सत्येन्द्र कुमार सिह , राप्रपाका सत्येन्द्र सिह , राकेश यादव , गौर नगर पालिका का मेयर अजय कुमार गुप्ता , नेकपाका कमल यादव , शिक्षक योगेन्द्र यादव लगायतका वतmाहरुले जनकपुर , विरगज ,राजधानी राख्नु पर्ने धारणा राखेका थिए । प्रदेशको नाम मध्य प्रदेश , मधेश प्रदेश , मिथलाञचल प्रदेश ,जानकी प्रदेश जस्ता नाम राख्न सुझाव राखेका थिए । संवाद तथा सुझाव आयोग प्रदेश न २ जनकपुरधाम धनुषाका संयोजक माननीय डा हरिवश झाले आएको सुझावलाई प्राथमिकताका साथ सम्बनिधत निकायमा प्रस्तुत गर्ने बताए ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- प्रतिक्रिया
- Facebook Comments