Take a fresh look at your lifestyle.
npa 9 suchana

मुख्यमन्त्री स्वच्छता अभियानको वीरगन्जबाट सुभारम्भ

gadhimai nagar palika ko suchana
suchana gadhimai

बीरगंज १४ माघ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियानको आज एक समारोहका बिच वीरगन्जबाट सुभारम्भ गर्नुभएको छ । प्रदेश नम्बर २ को सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’को नारासहित मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ वीरगञ्जबाट गरेको हो । सो अवसरमा मुख्यमन्त्रीसहितको टोलीले घण्टाघर, माइस्थान, आदर्शनगर विर्ता, नारायणी अस्पताल क्षेत्र हुँदै छपकैयासम्म सरसफाइ गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्र्दै मुख्यमन्त्री राउतले मानिसको पहिलो आवश्यकता स्वास्थ्य र सरसफाइनै भएको बताउदै प्रदेशबासीलाई घरआँगन सफा राख्न आग्रह गर्नुभयो । उहाले ‘मानिस स्वस्थ भएमात्रै गुणस्तरीय शिक्षा दिन सकिने र दक्ष जनशक्ति उत्पादन हुने बताउदै प्रत्येक व्यक्ति र परिवारले स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिनुभयो । मुख्यमन्त्रि राउतले मानव विकास सूचकांकमा पछि परेको प्रदेश २ लाई समृद्ध बनाउन स्वच्छ मधेसको आवश्यकता देखेर अभियान थालिएको बताउनुभयो । उहाले प्रदेशका छोरीचेलीहरुको भविष्य सुरक्षित गर्नकै लागि प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत माघ १ गते बाट जन्मिएका नवजात शिशुलाई ‘छोरी जीवन वीमा’ कार्यक्रम लागु गरेको बताउँदै आगामी फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाटै सो अभियानको औपचारिक शुरुवात गर्ने दाबी गर्नुभयो । प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानका लागि मात्रै २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका ८ वटै जिल्लामा सञ्चालन हुने अभियानको मुख्य उद्देश्य भनेको सरसफाइबाट स्वस्थ नागरिक उत्पादन गर्ने नै रहेको अभियानका प्रदेश संयोजक सलाउद्दिन अहमदले बताउनु भयो । अभियानमार्फत नागरिकलाई पूर्ण सरसफाइ तर्फ अग्रसर गराउने, खुल्ला दिसामुक्त अभियानमा सहयोग पु¥याउने, साबुन पानीले हात धुन सिकाउनुको साथै पोखरी, सिमसार क्षेत्रको सफाइ र संरक्षणको काम पनि अभियान अन्तर्गत गरिने संयोजक अहमदले दाबी गर्नुभयो । कार्यक्रममा प्रदेश शांसदहरु सिंहासन शाह कलवार, जन्नत अंसारी प्रल्हाद गिरि,मंजुर अंसारी,रागिनि बर्णवाल,भिमा यादब बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगि,जिल्ला समन्वय समितिका संयोजक नेकमहमद प्रमुख जिल्ला अधिकारी नारायण भटराइ, नेपली कांग्रेसका जिल्ला सभापति अजय द्धबेदि, नेकपाका केन्द्र्रिय सदस्य रामचन्द्र शाह, प्रहरी उपरिक्षक रेवति ढकाल,शसस्त्र प्रहरी उपरिक्षक उपरिक्षक प्रेमध्वज शाह, बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, लगायतका व्यतिmहरुको सहभागिता रहेको थियोे ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.