Take a fresh look at your lifestyle.
npa 9 suchana

स्थानीय जडिबुटि सम्बन्धि परिचात्मक कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai


,रौतहट १६ माघ ।
स्थानीय जडिबुटि सम्बन्धि परिचात्मक कार्यक्रम बुधवार प्राथमिक विद्यालय गडहियाको सभाकक्षमा सम्पन्न भएको छ । राजदेवी नगरपालिका बसतपुर लक्ष्मीपुर आयुर्वेद औषधालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आयुर्वेद कार्यालयका संयोजक राम एकवाल यादवको अध्यक्षतामा राजदेवी नगरपालिका वडा न ४ का वडा अध्यक्ष भाग्य नारायण साहले उदघाटन गरेका थिए । सो अवसरमा कविराज निरिक्षक उमाशंकर साह , लक्ष्मीपुर औषधालयका कविराज श्याम यादव , बैध धिरेन्द्र झा , कविराज प्रमानन्द पाठक , भुजेन्द्र कुमार झा , लाल बाबु शाहले जडिबुटीको वारेमा जानकारी गराइएको थियो । स्थानीय जडिबुटीबाट रोग निको हुने वेफाइदा नहुने तथा सरल तरिकाबाट गाउँमा निशुल्क रुपमा पाउने भएकोले जडिबुटी उपयोग गर्न सुझाव दिएका थिए । कार्यक्रममा स्थानीय भद्रभलादमी , सर्वसाधारण लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको स्थानीय संचारकर्मी विशेश्वर मिश्रले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.