Take a fresh look at your lifestyle.
npa 9 suchana

मोटर साइकल चोरी गर्ने गिरोहलाई प्रहरीद्धारा पक्राउ तथा विशेष प्रहरी टोली परिचालन

gadhimai nagar palika ko suchana
suchana gadhimai

,रौतहट २१ माघ ।
विगत केही दिन देखि विभिन्न सेवा प्रदायक सरकारी कार्यालय तथा बितिय संस्था बैकहरुको अगाडीबाट मोटर साइकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला पुर्वी चम्पारण खुरहिया बस्ने वर्ष २ज्ञ को सरोज कुमार कुशवाहा , आर्दश कुमार कुशवाहा र बारा जिल्ला साविक गाविस अमृतगंज वडा न १ हाल सिम्रनगढ न.पा वडा १ बस्ने वर्ष २द्द को उमेश मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासनीले बताएका छन । मोटर साइकलको चोरी बढन थाले पछि जिप्रकाका प्रहरी निरिक्षक उदय भान द्धिवेदीको कमाण्डमा विशेष प्रहरी टोली गठन गरी परिचालन गरिएको थियो । चोरी नियन्त्रणका लागी खटिएको टोलीले सिसिटीभीको सुक्ष्म निग्रानी , बैक लगायत वितिय संस्थाको जडान सिसिटीभी फुटेज माग गरी अध्ययन विश्रलेषण गरी चोरी कार्यमा संलग्न व्यतिmहरुको खोज तलास गर्दै जाने क्रममा गत विहीवार १८ः४५ बजेको समयमा गौर नगरपालिका वडा न ८ आँखा अस्पताल नजिकबाट बा ४० प ४५७६ नम्बरको पल्सर मोटर साइकल चोरी गरी भाग्दै गरेको अवस्थामा १९ बजेको समयमा विशेष टोलीले गौर नपा १ बाट कुशवाहा द्धयलाई पक्राउ गरेको नायव उपरिक्षक मरासनीले बताए । यसै गरी माघ ५ गतेका दिन १६ः३० बजेको समयमा गौर नपा वडा न १ भन्सार कार्यालय नजिकबाट चोरी भएको बि आर जिरो ६ बी सि ३२६४ नम्बरको रातो ग्यालेबर मोटर साइकलको नम्बर परिर्वतन गरी बि आर जिरो ६ एकस ०४८२ नम्बर लेखि चलार्य पुनः अर्को मोटर साइकल चोरी गर्ने उदेश्यले आएको अवस्थामा गत शुक्रवार १६ बजेको समयमा गौर नपा वडा न २ महादेवपटी बिधुत प्राधिकरण अगाडीबाट अमृतगंज निवासी मुखिया मोटर साइकल सहित पक्राउ परेको जिप्रका रौतहटले जनाएको छ । पक्राउ मोटर साइकलका धनीसंग सनाखत र जाहेरी लिई पक्राउ तिने जना माथि जिल्ला अदालतबाट अनुमति लिई चोरी गर्ने चोरलाई हिरासतमा राखिएको बताएका छन । अन्य संलग्न २ जना चोरलाई खोज तलास जारी राखेको जिप्रकाले जनाइएको छ । मोटर साइकल चोरीको घटना हुन नदिन तथा नियन्त्रण गर्नको लागी प्रनि उदय भान द्धिवेदीको कमाण्डमा विशेष टोली परिचालन गरीएको नायव उपरिक्षक मरासनीले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.