

रौतहट २८ माघ ।
परोहा नगरपालिकाले किशोरीहरुलाइ साइकल दिन थालिएको छ । बिधालय जाने किशोरीहरु लाइ परोहा नगरपालिकाले बिधालय जान सजिलो होस भन्दै साइकल दिन थालेका हुन । सोमवार एक कार्यक्रमको आयोजना गरी लौकाहामा रहेको अनहोतीलाल माबि बसन्त्पटीमा अध्ययनरत ५७ जना, श्री ब्रहम ज्योति माबि लौकाहा मा अध्ययनरत ३४ जना, श्री ओम माबि नरकटियामा अध्ययनरत ५५ जना, श्री आधारभूत विधालय तेजापाकडमा अध्ययनरत २१ जना र श्री आधारभूत विधालय जिगंडवामा अध्ययनरत ७ जना गरी नगर भित्रका १ सय ७४ जना किशोरीहरु लाइ साइकल वितरण गरेको परोहा नपाले जनाएको छ ।