Take a fresh look at your lifestyle.
npa 9 suchana

बिशाल जनसभाको पुर्णरुपेण तयारी सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट २४ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुुष्पकमल दाहालको प्रमुख आतिथ्यमा शनिवार हुने बिशाल आमसभाको सम्पुर्ण तयारी पुरा भएको छ । रौतहटको मध्यभाग गरुडामा शनिवार हुने बिशाल आमसभाको सम्पुर्ण तयारी पुरा भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश न २ कमिटिले जानकारी गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्वर २ का अध्यक्ष प्रभु साहले कम्युनिष्टको आधार क्षेत्र एवं कर्मभुमीको रुपमा परिचित रहेको रौतहटलाई प्रदेश नम्वर २ को उत्कृष्ट जिल्ला बनाउने बताएका छन । रौतहटको गरुडामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालद्धारा विशाल सभालाई सम्बोधन हुने छन । प्रधानमन्त्री ओलीको कर्मथलो रौतहट रहेको बताउदै यहाँको जनताले उनलाई सेन्टरको रुपमा राखेको क्रममा इनरवारीबाट तत्कालिन राज्य सत्ताको षड्यन्त्रणमा प्रहरीले पक्राउ गरेर कारागारमा राखेको इतिहास रहेको प्रदेश २ का अध्यक्ष तथा सांसद साहले बताए । रौतहट जिल्ला कम्युनिष्ट तथा किसान आन्दोलनको उद्गमस्थल रहेको ईतिहास स्मरण गर्दै २०१५ सालको पहिलो आम निर्वाचनमा देशभरीमा ४ जना मात्रै कम्युनिष्टका सांसद बनेकोमा रौतहट बाट २ जना जितेको सांसद साहले बताए । पहिलो आम निर्वाचनमा रौतहट बाट कम्युनिष्ट नेता शेख फरमान र हरिदयाल महतो जितेर जिल्लाको सान कम्युनिष्टको सम्मान, पहिचान, सर्वाहारा वर्गको सर्वोपरि हितलाई मध्यनजर राख्दै प्रदेशमै रौतहटलाई उच्च प्राथमिकता वर्तमान सरकारले दिएको उनले चर्चा गरे । भोलीको सभा मार्फत कम्युनिष्ट माथि लगाएको भ्रमलाई चिर्दै समाजमा रहेको विभेदको अन्त्य गरिवीबाट मुक्ति, मानव सुचाँकमा तल रहेका जनताहरुको जिवन स्तर माथि उकास्न वर्तमान सरकारबाट यथोचित रुपमा सम्बोधन हुने भएको हुँदा कार्यक्रममा एक लाख भन्दा बढि जनताको सहभागिता हुने संसद साहले दावी गरेका छन । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहभागीहुने कार्यक्रमका लागी स्टेज,बाटो,खानेपानी,सवारीस्टैण्ड,सुरक्षा , सर सफाई ,शौचालय लगायत सवै आवश्यक तयारी पुरा भएको उनले बताए । कार्यक्रमस्थल लाइ व्यवस्थित गन सिसी क्यामराहरु जडान गरीएको छ । गरुडा बजारको बिभिन्न स्थानहरुमा माइकहरु जडान गरेर टाढा टाढा सम्म भाषण सुन्न सकिने व्यवस्था मिलाइएको छ । पत्रकार सम्मेलनमा नेकपाका प्रदेश २ का ईन्चार्ज सत्य नारायण मण्डल, सह इन्चार्ज बिश्वनाथ साह , पार्टी केन्द्रिय सदस्य युुवराज भटराई,संसदहरु कल्याणी खडका,सरला यादव,रेखा झा,प्रदेश संसद कुन्दन कुुशवाहा, पुर्व संसद डा बंशिधर मिश्र, राम कुमार भट्टराइ,देवेन्द्र पटेल लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.