

,रौतहट १८ फागुन ।
देशभतm जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले लोकतान्त्रिक गणतन्त्र व्यवस्थालाई हटाउनका लागी जनआन्दोलनको आवश्यकता रहेको बताएका छन । देशभतm जनगणतान्त्रिक मोर्चा नेपालद्धारा मेचि महाकाली अभियानको क्रममा शनिवार विहान गरुडा बजारको सर्व धर्म संगम डेरा सच्चा सौदाको सभाहलमा क्रान्तिकारी पत्रकार महासंघ प्रदेश न २ द्धारा आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले जनगणतान्त्रिक व्यवस्थाको विकल्प नरहेको बताए । जनताको सम्पुर्ण अधिकारका लागी जनगणतान्त्रिक व्यवस्था उचित रहेको उनले बताएका थिए । २०५२ साल फागुन १ गते जनवादी गणतन्त्र स्थापनाका लागी जनविद्रोह भए पनि संविधान निर्माणको क्रममा जनवादी गणतन्त्र व्यवस्थालाई लोप गरी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था लादिएको उनले आरोप लगाएका थिए । मेचि महाकाली अभियानको समापन चैत्र महिना २४ गते चितवनमा हुने बताउदै उनले चितवन बैठकबाट आन्दोलनको स्वरुप तयार हुने बताए । संचारकर्मीहरुले सोधिएको प्रश्नको जवाफमा संविधान खारिज गर्ने एजेन्डा विपलव पक्षधर सँग मेल खाने भएकोले हामे पार्टीसँग कार्यगत एकता हुन सक्ने बताए । काठमाण्डौ एनसेलको अगाडी भएको बम काण्ड पछि सरकारले कडाई गरेकोले सम्पर्क विहिन भएको उनले बताए । भेटन सहज नभएकोले एकताको कार्य पछाडी परेको उनले स्वीकार गरे । समृद्ध देश सुखी नेपाल र गाउँ गाउँमा सिहदरवारको नारा फितलो भएको उनले बताएका थिए । सो अवसरमा कमल चौधरी , जिल्ला अध्यक्ष खडक साह , शिवशंकर पाण्डे लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।