,रौतहट १५ चैत्र ।
ओम हेल्थ केयर हस्पिटल प्रा.लिशिवनगर र संजीवनी हास्पिटल शिवनगरमातालाबन्दी गरेको चौबिस घण्टा नबित्दै हास्पिटल संचालनआएको छ ।आर्थिक प्रलोभनमातालाबन्दीखुलेपछि हास्पिटल संचालनमाआएको समाचार श्रोतले जनाएको छ । विहीवार गरुडा नगरपालिकाकाप्रशासकीयअधिकृत टेकराजपन्थीको नेतृत्वमागएका टोलीलेगरुडा नगर पालिकाको शिवनगरमा गैर कानुनी रुपमा संचालितदुई वटा प्राइवेट हस्पिटलमा तालाबन्दी गरेकाथिए । ओम हेल्थ केयर हस्पिटल प्रा.लिशिवनगर र संजीवनी हास्पिटल शिवनगरमा स्वास्थ्यमन्त्रालयतथाजिल्ला स्वास्थ्यकार्यालयको अनुमतिनरहेको कारण तालाबन्दीगरिएको थियो । पोलीक्लिनिक संचालनगर्न अनुमति रहे पनि हास्पिटल संचालन गरेकोले गैर कानुनीभनीनगरपालिकाले तालाबन्दी गरेको थियो । रजिष्टार कार्यालय तथाआन्तरिक राजश्वकार्यालयमादर्ता छन । पोलीक्लिनिक संचालनगर्न अनुमति रहे पनिअप्रेशन समेत गरी सर्व साधारणलाई ठगिदै आएको छ । हस्पिटल संचालनगर्न दक्षजनशतिm नरहे पनि हास्पिटल संचालन रहेको जनगुनासो बढे पछि अनुगमनगरिएको गरुडा नगरपालिकाले जनाएको छ । यसै गरी आनन्दपोलीक्लिनिकएकुपन्चर सेन्टर पं्रा.लिशिवनगरको पनिअनुगमन गरेको थियो । पाँच वटा वेडको अनुमति रहे पनिपन्द्रह वेडको आनन्दपोलीक्लिनिकएकुपन्चर सेन्टर पं्रा.लि संचालन रहेकोले पाँच वेड मात्र संचालनगर्न निर्देशन समेत दिएको बताइएको छ । यस सम्बन्धमा सुचनाअधिकारी भुपनारायण यादवसँग सम्पर्क गर्दा हिजो साझ गरिएको तालाबन्दीपश्चात सम्बन्धितपक्षसँगभएको छलफलमा एक महिनाको समयमाकागजपत्रतथादर्ता नगराए हास्पिटल बन्दगर्ने सहमतिभएको बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काविपिनजयसवालले गलतनियतले गरुडा नगरपालिकाले अनुगमनगरिरहेको आरोप लगाएका छन । स्वास्थ्यनितितथानियमनबनाई , कार्यपालिकाको निर्णय नगरी , सार्वजनिक सुचनाप्रवाहनगरी आमजनतातथा रोगीहरुलाई दुःखदिने र तालाबन्दी गरी सम्बन्धितपक्षसँगआर्थिक चलखेल गर्नअनुमगनको उदेश्य रहेको आरोप जयसवालले लगाएका छन ।यसै गरी सन्तोष कोल्ड स्टोरमा ठुल्लो परिमाणमा म्याद सकिएको पेयपदार्थ बरामदभएपनिकार्यवाहीनगरेकोले अनुगमनकर्ता माथिप्रश्नचिन्ह खडा भएको छ ।गरुडा नगरपालिकाकाप्रशासकीयअधिकृत टेकराजपन्थीलगायतकाअनुगमनकर्ताले अनुगमन गरी म्याद सकिएको पेय पदार्थ बरामदगरिएको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments