, रौतहट २१ चैत्र ।
देवाही गोनाही नगर पालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलको कारण नगर सभा हाल सम्ममा नभएको आरोप वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले लगाएका छन । उप मेयर परनीया देवी पटेलको अगुवाई विहीवार नगर पालिकाको सभाकक्षमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएका छन । वडा अध्यक्ष अनिल कुमार झा , डा रामप्रवेश पटेल , हरि प्रसाद पटेल ,अत्यानन्द उपाध्याय लगायतका वडा अध्यक्ष तथा कार्य पालिका सदस्यहरुले माघ महिना नै वडा भेला भई वजेट वाडफाँड भए पनि मेयरले नगर सभा बोलाउन आलटाल गरेको बताए । मेयरलाई ३ करोड २५ लाख उप मेयरलाई २ करोड १२ लाख , प्रत्येक वडाहरुमा ७० लाख , कार्य पालिका सदस्यहरुलाई १५ लाख , चालु खर्च ५ करोड , समाजिक सुरक्षा भता ७ करोड , शशर्त अनुदान ८ करोड गरी वजेट विनियोजन भएको बताए । ग्रामीण विधुतीकरणमा ४० लाख मन्त्रालयबाट आएको ६ महिना विति सक्दा पनि कार्य संचालन नभएको उनहरुले बताएका छन । विगतमा खरिद भएको मोटर तथा स्प्रे टकी समेत वितरण नभएको बताइएको छ । कागजमा मात्र खरिद गरी लाखौ रुपैया अनियमितता गरेको बताइएको छ । देवाही गोनाही नगर पालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलसँग सम्पर्क गर्दा विगतमा खरिद भएको मोटर र स्प्रे टकी सहमतिको आधारमा वितरण गर्ने बताए । राजनितिक सहमति नभएको कारण असारमा हुने नगर सधा हाल सम्म नभएको बताए । राजनितिक अल्पत र बहुमतको कारण सहमति हुन नसकेको उनले बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments