

, रौतहट १० बैशाष ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का आठ जिल्लामा चयन भएका जिल्ला अध्यक्ष तथा सचिव पदमा मापदण्ड विपरित भएको टिकाटिप्पणी हुन थालेका छन । केन्द्रिय सदस्यलाई सचिव पदमा र जिल्ला अध्यक्षमा प्रदेश सदस्यलाई चयन गरी मापदण्ड विपरित गरेको आरोप रहेका छन । चयन भएका आठ वटा जिल्ला अध्यक्ष र आठ सचिव मध्ये पाँच जना पदाधिकारी हर्षित भएका छन भने एघार जना पदाधिकारी दुखित रहेको नाम नछाप्ने शर्तमा एक जना प्रदेश सदस्यले बताएका छन । मापदण्ड विपरित चयन भएको पदाधिकारीले गर्दा पार्टी कमजोर तथा संगाठनिक अवस्था झन कमजोर हुदै जाने उनले बताए । हैसियतलाई ख्याल नगरी चयन गरिने प्रक्रिया मान्य नहुने उनको दावी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश न २ का अध्यक्ष प्रभु साहले प्रतिक्रिया दिदै अध्यक्ष र सचिवको चयन प्रक्रियाले पार्टी भाडभैलो हुने बताएका छन । चयन प्रक्रिया पुनः गर्नका लागी उनले सुझाव दिएको बताए ।