, रौतहट २१ बैशाष ।
माधव नारायण नगरपालिकाका उपप्रमुख सिमल कुमारी शाहले भानु राम स्मृति भवन प्रतिष्ठानको शिलान्यास गरेका छन । माओवादीको जनयुद्धकालमा मिठुअवा निवासी भानुराम लाई तत्कालनी शाही सेनाले पक्राउ गरि हत्या गरेको कारण भानु राम लाई स्मरणका रुपमा भानु स्मृति भवन प्रतिष्ठान शिलान्यास गर्दै उपप्रमुख शाहले बताइन् । माधव नारायण नगरपालिकाको वार्षिक वजेटबाट २० लाख विनियोजन गरी एक कठा जग्गा खरिद गरेको उनले बताइन् । ६ लाख ७५ हजारमा जग्गा खरिद गरी १३ लाख २५ हजारबाट भवन निर्माण कार्य शुरु भएको उप प्रमेख शाहले जानकारी गराए । माधव नारायण नगरपालिकाको वडा न ४ मा स्थापना हुन लागेको भानु राम प्रतिष्ठानले दलित वस्तिमा हुने धार्मिक कार्य तथा भोज भतेर लगायत अन्य कार्यको लागी उपयुतm हुने उपप्रमुख शाहले दावी गरेकी छिन । राम चन्द्र रामको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का कार्य दल सदस्य तथा प्रदेश सदस्य उपेन्द्र शाहले भानु रामको जिवनी वारे चर्चा गरेका थिए । सो अवसरमा समाजसेवी , बुद्धिजीवी , पत्रकार , भद्र भलादमी लगायतका वतmाहरुले स्मृति भवनले भानु रामको सपना सकार हुने बताए । उनी सहिद भए पनि नेपालको इतिहासको उनको नाम स्मरण रहने बताएका थिए । यसै गरी बोधी माई नगर पालिका २ इनरवामा आधार भूत विद्यालयको शिलान्यास प्रदेश सभा सदस्य राम किशोर यादवले गरेका छन । चार कोठे भवन शिलान्यासले विद्यार्थी लगायत अभिभावकहरु हर्षित भएका हुन । विद्यालयको भवन नपुग रहेकोले पठन पाठनमा समस्या हुदै आएको थियो ।
Trending
- एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्यसहित २१ जना एमाले प्रवेश
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
अर्को
- प्रतिक्रिया
- Facebook Comments