Take a fresh look at your lifestyle.
npa 9 suchana

सडक निर्माणको वहानामा घर भत्काइ दुःख दिन लागेको स्थानीयको आरोप

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २३ बैशाष ।
माधव नारायण नगरपालिकाका वडा न ३ का वडाध्यक्ष राज कुमार राय यादवले सडक निर्माण कार्यको वहानामा घर भत्काउने कार्य गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन । नगरपालिका वडा न ३ निवासीहरुले सोमवार विहान सखुअवामा पत्रकार सम्मेलन गरी सो आरोप लगाएका हुन । सखुअवा चोक देखि वैठा टोल सम्म हुने पिसिसी ढलान तथा नाला निर्माणमा २५ फिट सडक विस्तार गरी निजी घर भत्काउन लागेको श्याम सुन्दर प्रसाद यादवले बताए । सडक प्रयोजनको लागी घर भत्काउन नहुने तथा घर भत्काए क्षतिपुर्ति दिनु पर्ने सर्वौच्य अदालतले गरेको आदेश समेत वडाध्यक्षले अपहेलना गरेको आरोप उनले लगाए । सोही अवसरमा भुतपुर्व गाविस सखुअवाका अध्यक्ष रामेश्वर प्रसाद यादवले सडक निर्माण कार्य गर्दा होडिग बोर्ड झुण्डयाउनु पर्नेमा नझुण्डयाएको , उपभोतmा समिति पारदर्शी रुपमा गठन नगरेको आरोप लगाए । त्यसै गरी भुतपुर्व गाविस सचिव गोरख राय यादवले कानुनी राज्यको अनुभुति नभएको उनले बताए । शिक्षक राम इन्द्र महतो ले आफनो घर जग्गामा बाटो नपर्ने भए पनि बलजवरजस्ती बाटो पारेको आरोप लगाए । जय राम यादवले सडक विस्तार हुनु पर्छ तर जनताको वासलाई तोडफोड नगरी गर्नु पर्ने धारणा राखेका थिए । जय नारायण यादवले तानाशाही प्रवृतिबाट वडाध्यक्ष सडक विस्तार गर्न लागेको आरोप लगाए । वडाध्यक्ष राम कुमार राय यादवसँग सम्पर्क गर्दा विपक्षीहरुको रोहवरमा भएको घर मुलीहरुको भेलाले ३० फिट सडक निर्माण गर्ने निर्णय भए पनि ३० फिटमा घेरै जनाको घर भत्कने भएको कारणले २५ फिटमा सडक तथा नाला निर्माण हुन लागेको बताए । उपभोतmा समिति गठन गर्नका लागी आम भेला बोलाएर गठन भएको बताए । ८० लाख मा सडक ढलान तथा नाला निर्माणले विकासको फटको मारेकोले विपक्षीहरुले झुठा अपवाह फैलाउन खोजेको बताए । आफु गरिव परिवारबाट जन्मेको बताउदै जनताको बलमा वडाध्यक्ष निर्वाचित भएकोले जनपक्षीय कार्य गर्न लागेकोले जमिन्दारहरुलाई डाह भएको आरोप लगाए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.