

प्रस रोतहट २२ जेठ ।
जिल्लाका राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानियले हातपात गरेका छन । इद मनाउने तयारीमा मस्जिद पुगेका मेयर मोहम्मद शेख सकिललाई चन्दाको बाहना निकालेर आक्रमण गरिएको हो । इस्लाम धर्मावलम्बीको चाड इद उलफित्र मनाउने क्रममा मस्जिदमा बसेका रौतहटको राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानिय यूवकले मंगलबार राति हातपात गरेका हुन् । पर्व मनाउने क्रममा चन्दा माग गर्दा उनले रकम थोरै दिएको भन्दै मेयर माथि आक्रमण गरेका थिए । मेयर शेख सकिललाई गाउँकै शेख नेषादले टर्चलाईटले प्रहार गरेका हुन् । उनको आँखामा चोट लागेको छ । मेयर सकिलले सुनियोजित तरिकाले आफू माथि आक्रमण भएको बताए । चन्दा एउटा बाहना मात्र हो,’ उनले भने, ‘पुरानो रिसइबि साध्न आक्रमण गरेको हो उनले भने । घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ ।’ गाउँलेको आग्रहमा पर्व मनाउने समय र तयारी बारे मस्जिदमा साँझ भेला हुने क्रममा मेयर सकिल पुगेका थिए । आक्रमणमा संलग्न नेषादले पर्वका बेला अली बढी रकम सहयोग दिनुपर्ने माग अघि बढाएका थिए ।मेयर सकिलले यो बेला चन्दा माग्ने होईन भोली कार्यालयमा आउनु भनेका थिए । हातमा टर्च बोकेका उनले तत्कालै मेयर माथि जाई लागेको थाहा हुन आएको छ । आक्रमण कै बेला स्थानीयले छुट्याए पछि लगत्तै नेषाद फरार भए । घटनाको सूचना पाए लगत्तै सुरक्षाकर्मी मस्जिद पुगेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए । मेयर माथि आक्रमण गर्नेको ब्यापक खोजतलास भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घाइते मेयरलाई तत्काल उपचारका लागी सदरमुकाम गौर अस्पताल लगिएको थियो । प्राथमिक उपचार पश्चात वीरगंज लगीएको हो । उनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । मेयर सकिल कांग्रेसका टिकट लिई जितेका हुन् ।