Take a fresh look at your lifestyle.
npa 9 suchana

उपमेयरको सक्रियतामा नगरवासीद्धारा देवाही गोनाही नगरपालिका घेराउ तथा कडा सुरक्षामा मेयर पटेल

gadhimai nagar palika ko suchana
suchana gadhimai


, रौतहट २४ जेठ ।
देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र प्रसाद पटेलले शुक्रवार कडा सुरक्षाको निगरानीमा आफनो कार्य कक्षमा प्रवेश गरेका छन । उपमेयर परनीया देवी लगायत वडाअध्यक्षहरुको सक्रियतामा नगरवासीहरुले नगरपालिकाको कार्यालय घेराउ गरे पछि सुरक्षाको पहल तथा निगरानीमा नगरपालिकाको आफनो कार्य कक्षमा प्रवेश गरेका हुन । उपमेयर देवी सहित अधिकाँस वडा अध्यक्षहरुले विकासको कार्य अघि बढाउन नगर सभाको निर्णय पारित गर्न माग गर्दै आए पनि मेयर पटेलले वेवास्ता गदै आएकोले आज शुक्रवार नगरपालिका घेराउ तथा मेयरको कार्य कक्षमा तालावन्दी गर्ने निर्णय गरेका थिए । नगरपालिका घेराउ तथा तालाबन्दी गर्न सयौ संख्यामा आएका नगरवासी , उपमेयर , वडा अध्यक्ष तथा सदस्यहरुले नगरपालिका घेराउ गरेका थिए । नगरपालिका घेराउ तथा कार्य कक्षमा तालावन्दीमा झडप तथा झै झगडा हुन नदिन जिल्ला प्रहरी कार्यालय गौर , देवाही गोनाही सशस्त्र वेश क्याम्प , देवाही गोनाही प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय गरुडाबाट करिव १ सय ५० जना सुरक्षा कर्मी परिचालन गरिएको थियो । तीन वटा प्रहरी निरिक्षकको नेतृत्वमा रहेका सुरक्षाकर्मीहरुले दुवै पक्षलाई सम्झाई बुझाई झै झगडा तथा वाद विवादबाट बचाएका छन । अषाढ महिनामा हुने नगरसभा मेयर पटेलको मनोमानीको कारण बैशाषमा नगर सभा भएको थियो । नगर सभाबाट पारित योजनाहरु कार्यवन्यन गर्न प्रशासकीय अधिकृतलाई जिम्मेवारी मेयरले दिनु पर्ने प्रावधान रहेको कारण विकास योजना अलपत्र परेका छन । मेयर पटेलले हाल सम्म विकास कार्य योजना संचालन गर्न प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिएको छैन । नगर सभा पारित नभएको कारण वजेट फ्रिज हुने सम्भावना बढदै गएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.