,रौचहट २४ जेठ ।
लागू औषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको शिवहर थाना पिप्राडी ग्राम बेलवा नरकटिया वडा नं.१ शंकर रायको छोरा बर्ष २२ को बिजय राय , रामसेवक सहनीको छोरा बर्ष २४ को अमोद सहनी, जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नं.४ सरुअठा टोल बस्ने रमेश कुमार साह र ईनरजित साहलाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट प्र.नि.पपु नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.४ बकैया नदीको बाँध सडकमा गएराति ८ वजेको समयमा नेपालबाट भारत तर्फ जान लागेको अवस्थामा पक्राउ गरेको हो । बिजय राय पछाडी बसी अमोद सहनीले चलाई आएको द्यच् छछब् द्दद्दद्धद्द नं.को ज्ँ म्भगिहभ नं.को मोटरसाईकल चेक जाँच गर्दा सो मोटरसाईकलको सिटको कभर भित्र सिटको आकारमा प्लाष्टिकले छोपी डोरीले बाँधी बेरी राखेको अवस्थामा १० किलो लागु औषध गाँजा सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सोधपुछ गर्ने क्रममा लागु औषध गाँजा विक्री गर्ने जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नं.४ सरुअठा टोल बस्ने रमेश कुमार साह र ईनरजित साह को घरबाट २ के.जी. लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरीएको छ । चारै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहट गौर ल्याई थप अनुसन्धान कार्य अगाडी बढाईएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments