Take a fresh look at your lifestyle.
npa 9 suchana

कार्य्दिशाको विवाद तत्काललाई टुङ्गिए

gadhimai nagar palika ko suchana
suchana gadhimai

काठमाडौँ १५ असार । लामो समयदेखि विवादको विषय बन्दै आएको नेकपाको राजनीतिक कार्य्दिशाको विवाद तत्काललाई टुङ्गिएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको पछिल्लो छलफलमा आगामी महाधिवेशनसम्म नेकपाको मुख्य राजनीतिक कार्य्दिशा ‘जनताको जनवाद’ हुने सहमति भएसँगै कार्य्दिशाको विवाद तत्काललाई टुङ्गिएको हो । एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गर्दा पनि जनताको जनवादलाई नै राजनीतिक कार्य्दिशा बनाउने सहमति भएको थियो । तत्कालिन एमाले समुहले जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले माओवाद र एक्काइसौँ शताब्दीको जनताको जनवाद पार्टीको राजनीतिक कार्य्दिशा हुनुपर्ने अडान राख्दै आएका थिए । यसै विषयलाई लिएर पछिल्लो समय नेताहरुबीच आरोपप्रत्यारोप नै चल्ने गरेको थियो । पूर्व माओवादी निकट एक नेताका अनुसार तत्कालका लागि वैचारिक बहस थाती राखेर पार्टी एकतालाई टुङ्गाउन ओली र प्रचण्ड सहमत भएसँगै यसवारे नेताहरु विवादमा नउत्रने भएका छन् । ती नेताका अनुसार दुई अध्यक्षको सहमति अनुसार नै नेकपामा पछिल्लो समय देखिएको वैचारिक बहसको विवाद तत्काललाई थाँती राखेर राजनीतिक प्रतिवेदन केही दिनमै प्रकाशित गर्न लागिएको छ । राजनीतिक प्रतिवेदन प्रकाशित गर्न माग गर्दै नेकपाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव समेत दिदै आएका छन् । सचिवालय बैठकले प्रतिवेदन प्रकाशित गर्ने जिम्मा दुई अध्यक्षलाई यसअघि नै दिएको थियो । तर, दुई अध्यक्षबीच शब्दमा कुरा नमिल्दा प्रतिवेदन छाप्न ढिलाई हुदै आएको थियो । ओली र प्रचण्डबीच यस्तो समझदारी भएलगत्तै शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा दुवै अक्ष्यक्षले राजनीतिक कार्य्दिशामा आफुहरुबीच पुरानै सहमति कार्यानवयन गर्ने र हाल त्यसवारे कुनै बहस नगर्ने बताएका थिए । मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओली र दाहाल दुवैले सामाजवादसम्म पुग्ने लक्ष्य जबजकै भएपनि त्यसको नाम जनताको जनवाद राखिएको बताए । ‘मदन भण्डारी सिद्धान्तको पिँजडाभित्र बस्न मान्नुहुँदैनथ्यो । अहिले पनि उहाँले नै तयार पारेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोग भइरहेको छ । त्यसकै आधारमा सामाजिक न्याय, समानताको हक, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेसजस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा रही समाजवादसम्म पुग्ने लक्ष्य राखिएको छ,’ ओलीले बताए । त्यस्तै उनले भण्डारीकै सिद्धान्तका आधारमा नेपाली समाज अग्रगामी परिवर्तनको दिशामा अघि बढिरहेको दाबी समेत गरे ।‘बहुदलीय जनवादको विशेषताभन्दा टाढा जान हामी सक्दैनौँ,’ ओलीको भनाई थियो । अर्का अध्यक्ष प्रचण्डले भने, ‘मदन भण्डारी सिद्धान्तलाई सिर्जनात्मक प्रयोग गर्ने व्यक्ति हुनुहुनथ्यो । कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन जनताको बहुदलीय जनवादको भूमिका छ । हामी त्यसको जगमा उभिएर, विशेषतामा आधारित भएर जनताको जनवादमार्फत समाजवादको लक्ष्यमा पुग्नेछौँ ।’

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.