काठमाण्डौ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागतिर अवस्थित छ जसको कारण मनसुनी गतिविधि सामान्य सक्रिय रहने देखिए पनि विस्तारै कमजोर भएर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशका पूर्वी र पश्चिमि तराइका धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानूमान यस प्रकारका छन ।
असार २९ गते (आईतबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । रातिः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
असार ३० गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। रातीः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।
असार ३१ गते (मंगलबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण वदली रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ। रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका एक दुइ स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शस्
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू–भागको एक – दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। । जसका कारण पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानीको बहाव रहिरहनेछ । अझै पनि सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments