

, रौतहट ९ साउन ।
यमुना माई गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया माथि यमुना माई गाउँ पालिकाका उपाध्यक्ष गिता देवीले निषेधाज्ञा निवेदन रौतहट जिल्ला अदालतमा दर्ता गरेको छ । यमुना माई गाउँ पालिकाका अध्यक्ष मुखियाले आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट आ.व. २०७६।०७७ मा विकास निर्माण कार्य गर्न लागेकोमा रोकी पाउ भनी अन्तरिम आदेश यमुना माई गाउँ पालिकाका उपाध्यक्ष देवीले माग गरेको हो । अन्तरिम आदेश हुनु पर्ने हो होइन वारे रौतहट जिल्ला अदालतले गापा अध्यक्ष मुखियालाई छलफलका लागी साउन १२ गते बोलाइएको छ । अदालतका न्यायधिश चाणकमणि अर्यालको एकल इजलाशले सो आदेश गरेका हुन ।