रौतहट २७ भदौ ।
नेपाली सेनाद्धारा आयोजित नागरिक सैनिक अन्तरकृया कार्यक्रम २०७६ आज शुक्रवार जिल्ला समन्वय समितिको समाकक्षमा सम्पन्न भएको छ । सो कार्यक्रममा नागरिक समाजका अगुवा , संचारकर्मी तथा भद्र भलादमीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सेनाले गरेको रामे कार्य प्रति धन्यवाद दिदै नकारात्मक कार्य प्रति सकारात्मक हुन नागरिक समाज तथा संचारकर्मीले सुझाव दिएका थिए । महासेनानी इश्वर कुमार श्रेष्ठले आएको सुझाव प्रति सराहना गर्दै अगामी दिनमा सुझाव प्रति ध्यान दिने बताएका थिए । गौर नगर पालिकामा रहेको वरहवा खोलामा ३ करोड खर्च गरी सेनाले बनाएको सरचना भत्कदै जादाँ सरकारले गरेको लगानी खेर गएको आरोप कार्यक्रममा लगाइएको थियो । सेनामा समानुपातिक तथा समावेशी बनाउन पनि सुझाव दिएको थियो । मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनमा सेनालाई प्रयोग गरी जनतालाई भय भित बनाउने कार्य प्रति सचेत रहन आग्रह गरिएको थियो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष जगन्ननाथ प्रसाद केसरी , नेपाल पत्रकार महासंघका अध्यक्ष रविन्द्र प्रसाद शाह ,जेष्ठ नागरिक सघका विजय किशोर झा , लक्ष्मी नारायण पाण्डे , संचारकर्मी फणी महत , प्रभात झा ,सन्तोष पौडेल , लगायतका महानुभावहरुले आ आफनो सुझाव दिएका दिएका थिए । सो कार्यक्रममा सेनाका रेडियो कार्यक्रम निशुल्क प्रशारण गर्ने रेडियो संस्कृति , रौतहट एफ एम , गुनजञन एफ एम , मधेश मसाला एफ एमलाई सम्मान पत्र महासेनानी श्रेष्ठले प्रदान गरेको थियो । सोही कार्यक्रममा सेनाले लघु चल चित्र प्रर्दशनी गरेको थियो । कार्यक्रममा सेनाका विभिन्न दर्जाका पदाधिकारीहरु उपस्थित रहेका थिए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
अर्को
- प्रतिक्रिया
- Facebook Comments