Take a fresh look at your lifestyle.
npa 9 suchana

पुर्व मन्त्री   आलमको  थुनछेक बहस दोस्रो जारी

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

, रौतहट २२ कार्तिक ।

पुर्व मन्त्री तथा रौतहट क्षेत्र न २ का साँसद मोहम्मद आफताब आलमको  आज शुक्रवार  थुनछेक बहस दोस्रो सम्पन्न  भएको छ । शुक्रवार विहान १० ः ३० बजे देखि शुरु भएको थुनछेक बहसमा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायधिवतmा रुद्र प्रसाद पन्थी , जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सह न्यायधिवतmा राम प्रसाद पन्थी , जाहेरवालाको तर्फबाट डा युवराज संग्रौला , वरिष्ठ अधिवतmा डा कुमार शर्मा आचार्य , अधिवतmा दिनेश त्रिपाठी , गोविन्द शर्मा , आशिक राम कार्की , मनिष कुमार श्रेष्ठ , पुष्प राज पौड्ल , ओम प्रकाश आचार्य लगायतले बिभत्स घटना रहेकोले अन्य दोषीलाई पक्राउ गर्न तथा प्रमाण बुझनका लागी विपक्षी आलमलाई रिहा गरे पछि प्रमाण नष्ट हुने सम्भवना रहेकोले थुनामा राखी पुर्वपक्ष गर्न माग दावी गरेको छ । आज शुक्रवार ३ बजे सम्म वादी नेपाल सरकारका तर्फ तथा जाहेरवालाका तर्फबाट नियुतm भएका कानुनी व्यवसायीहरुले बहस गरेका थिए । समय नभ्याएकोले आइतवार पुनः अदालतमा हाजिर गराउने गरी पुर्व मन्त्री आलमलाई सुरक्षाकर्मीको जिम्मा लगाएको रौतहट जिल्ला अदालतका उप सचिव तथा श्रेस्तेदार गुणराज पराजुलीले बताएका छन । आइतवार विदा परे सो भोली पल्ट हाजिर गराउने कानुनी व्यवस्था रहेको छ । आलम माथि  तिन वटा अभियोग पत्र दर्ता  भएको छ  ।  जिल्ला न्यायधिश दिपक ढकालको इजलाशमा वहस कार्य शूरु भएको थियो । वादीका तर्फबाट विहीवार कार्यालय समय सम्ममा वादी नेपाल सरकारका तर्फबाट सहन्यायधिवतmा सूर्यनाथ दहाल , जिल्ला सरकारी वकिल कार्यालयका अधिवतmा खगेन्द्र राज कटुवाल र अधिवतmा अर्जुन कोइरालाल्े बहस गरेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.