


, रौतहट २१ कार्तिक ।
समाजवादी पार्टीका नगर समिति राजदेवीको अध्यक्ष रामेश्वर प्रसाद यादवका नेतृत्वमा आज विहीवार नगरपालिकामा धर्ना दिएका छन । राजदेवी नगरपालिकामा कार्तिक ४ गतेका दिन २५ सुत्रिय माग राखी ज्ञापन पत्र दिएकोमा १५ दिन विति सक्दा पनि नगरपालिकाले कुनै चासो नदेखाएकाले पहिलो चरणका धर्ना कार्यक्रम तय गरी धर्नामा वसेको नगर समितिले जनाएको छ । पहिलो चरणको कार्यक्रम अनुरुप आज ११ वजे देखि १ वजे सम्म शान्तिपूर्ण धर्ना दिएको थियो ।