Take a fresh look at your lifestyle.
npa 9 suchana

एक युवकको गएराति हत्या

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

, रौतहट, ८ वैशाख ।

कटहरिया नगरपालिकाका एक युवकको गएराति हत्या भएको छ । कटहरिया न.पा. वडा नं. १ हनुमान टोलका राम एकवाल यादवका २५ वर्षिया छोरा सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।

यमुनामाई गाउँ पालिकाको सुचना

कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा रहेका सञ्जीवलाई उनकै टोलका राधे दासले गएराति करिब १० बजेको समयमा बोलाएर लगेका थिए ।

साथीसँग निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागि वीरगञ्ज लगिएको थियो ।  शरीरका विभिन्न अंगमा गम्भीर चोट लागेका यादवको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा राधे दासलाई नियन्त्रणमा लिनुका साथै घटनाको कारणबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.