Take a fresh look at your lifestyle.
npa 9 suchana

छात्रावासमा नशालु पदार्थ सेवन स्थल बन थाले

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १२ बैशाष ।
श्री जुद्ध माध्यमिक विद्यालय गौरको निर्माणधिन छात्रावास अहिले नशालु पदार्थ सेवन स्थल बन थालेका छन । लकडाउन भए देखि नै नशालु पदार्थ प्रयोग गर्ने युवाहरुको जमात विहान ,वेलुका दिउँसोको समयमा दर्जन भन्दा बढी युवाहरुले नशालु खोप , नशालु टबलेट , लागू औषध गाँजा लिने गरेको स्थानीयवासीले बताएका छन । निर्माणधिन छात्रावास अहिले सुनसान रहेकोले उनीहरुको लागू पदार्थ सेवन गर्ने स्थल को रुपमा प्रयोग भइ रहेका छन । सुरक्षाकर्मीहरुको गाडीको अवाज सुनिन्ने वितिकै युवाहरु भाग्ने गरेको स्थानीयले बताएका हुन । श्री जुद्ध माध्यमिक विद्यालय गौरको निर्माणधिन छात्रावासमा सुरक्षाकर्मीको निरन्तर गस्तिको माग गर्दै केही महिना पहिला वडा न २ का अध्यक्ष राकेश झा तथा संचारकर्मी चञचल झाले प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएर अस्थायी प्रहरी पोष्ट माग गरेका थिए । माग लगतै प्रहरी गस्ति हुन थाले पछि लागू औषध सेवन गर्ने युवाहरु आउन छाडेका थिए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.