Take a fresh look at your lifestyle.
npa 9 suchana

क्वारेन्टाईनमा रहेका ८३ जना लाई स्वाब नमुना परिक्षणको संकलन कार्य सम्पन्न

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १५ बैशाष ।
रौतहटका विभिन्न स्थानमा स्थापित क्वारेन्टाईनमा रहेकालाई स्वाब नमुना परिक्षणको संकलन कार्य सम्पन्न भएको छ । ऋऋःऋ टिम काठमाण्डौबाट खटिई आएको द्ध जनाको टोलीले बैशाष १२ गते देखि नमुना परिक्षणको संकलन कार्य गरेको हो । चन्द्रपुर नपा ६ नजिक स्व. शेर बहादुर दर्लामी खेलमैदानमा रहेका क्वारेन्टाईनमा २ जना महिला सहित १८ जना , गरुडा नपा ४ जनता माविको क्वारेन्टाईनमा २ जना महिला सहित १५ जना , कटहरिया नपा ५ जनता मावि क्वारेन्टाईनमा १ जना महिला सहित २० जना , बौधिमाई नपा ८ स्वास्थ्य चौकी क्वारेर्न्टाईनमा ८ जना, राजपुर नपा ३ प्राथमिक स्वास्थ्य केन्द्र क्वारेन्टाईनमा २ जना ,माधवनारायण नपा ६ श्री मावि माधोपुरमा ३ जना , माधवनारायण नपा ३ मावि सखुअवामा ८ जना , राजदेवी नपा ७ मावि नेमधारी मुडलवामा २ जना महिला सहित ९ जना गरी जम्मा ७ महिला सहित ८३ जनाको स्वाब नमुना परिक्षणको संकलन कार्य सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजीतले बताएका छन ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.