, रौतहट १५ बैशाख ।
रौतहटका सञ्चारकर्मीहरुले अनाथालयमा सहयोग गरेका छन् । सञ्चारकर्मीहरुले पाएको सहयोग आफूले नलिई अनाथालयलाई हस्तान्तरण गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर अध्यक्ष मोहन मेहता संचारकर्मीलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो ।
नगर अध्यक्ष मेहताले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेको सामग्री मध्ये गौर नेपाल भारत मैत्री अनाथालयलाई चार बोरा खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरिएको हो । यसै गरी वंशीराम जयसवाल अनाथालय गरुडा लाई १५ बोरा चामलका साथै अन्य सामग्री हस्तान्तरण गरेका छन । बोरामा २५ किलो बासमती चामल भएको सचिव श्रेष्ठले बताए । चामलको बोरासँगै दाल, नून, खानेतेल, साबुन, सेनेटाइजर, हैन्डवास, टूथ पेस्ट, ब्रस लगायतका सामग्री पनि रहेका थिए । दिनरात जोखिममा रहेर काम गर्नुपर्ने सञ्चारकर्मीहरुले आफ्नो भागको खाद्यान्न तथा सरसफाइ सामग्री अनाथालयलाई हस्तान्तरण गरेकोमा संस्थापक वंशीराम जयसवालले अनाथ बालबालिकाहरुको तर्फबाट धन्यवाद व्यक्त गरेका हुन ।
Trending
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- प्रतिक्रिया
- Facebook Comments