Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना पुष्टि

gadhimai nagar palika ko suchana
suchana gadhimai

जनकपुर १५ जेठ ।
प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्ममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा २९ जना रहेका छन् । यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिए । धनुषामा संक्रमित भएकाहरुमध्ये २० जना लक्ष्मीनिया गाउँपालिकाको २० जना र ९ जना अन्य स्थानको रहेको बताइएको छ । संक्रमित सबैजना क्वारेन्टाइनमा रहेकाहरु नै हुन् । त्यस्तै महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता झाले जानकारी दिए । महोत्तरीको १७ जना संक्रमित जलेश्वर नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ । त्यस्तै, सिरहाको संक्रमितहरुमध्ये बरियारपटीका ५ जना रहेका छन् भने १ जना अन्य स्थानका रहेका छन् । सर्लाहीको मलंगवा क्वारेन्टाइनमा रहेका ७ जना र सप्तरीको १४ जना संक्रमित बोदेबर्साइन नगरपालिका स्थित क्वारेन्टाइनका रहेका छन् । यता, धनुषा लगायतका जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेपछि आइसोलेसनको अभाव भएको छ । आइसोलेसनको अभावसँगै अहिले धनुषा, महोत्तरी, सर्लाहीका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन विस्तार गर्न तर्फ प्रदेश सरकारले लागि परेको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.