

, रौतहट १५ जेठ ।
रौतहटमा विहीवार थप ३ जना कोरोना सक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजदेवी नपाका २१ ,२४ र ३० वर्षीय पुरुषमा कोरोना सक्रमित रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमेरेले जनाएको छ । भारतबाट आई क्वारेन्टाइनमा वसोवास गदै आएको छ । रौतहटमा चार दिन देखि लगतार कोरोना भाइरसका रोगीहरु फेला पर्दै आएको छ । सोमवार २६ जना, मगलवार २२ जना, बुधवार ३५ जना र आज विहीवार ३ जना कोरोनाका रोगी फेला परेका हुन ।